Aamsanchar

जनताको आर्थिक समृद्धिको चाहना पूरा हुन्छ :कावा मुख्यमन्त्री कार्की

Author Image
बुधवार, कार्तिक २१, २०७५

विराटनगर, 

प्रदेश नं १ कार्यवाहक मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशका जनताको आर्थिक समृद्धिको चाहना प्रदेश सरकारले पूरा गर्ने बताउनु भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज यहाँ आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले प्रदेश सरकार स्थापना भएको छोटो अवधि भए पनि विकासका कार्यलाई गति दिन जनताको प्रत्यक्ष सहभागितामा निजी क्षेत्रसँग हातेमालो गरी समृद्धि कायम गर्न प्रदेश सरकार अगाडि बढेको छ भन्नुभयो ।

आन्तरिक मामिला तथा कानूनमन्त्रीसमेत रहनुभएका कार्कीले प्रदेशको ठूलो चाड छठका अवसरमा आगामी कात्तिक २६ गते प्रदेश सरकारले एक बृहत् कार्यक्रम गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेशका मन्त्री, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य, महानगरपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रदेश मन्त्रालयका उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख, उद्योगी–व्यापारी, नागरिक समाज र सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर
चरेससहित दुई जना पक्राउ
आइतवार, पौष ६, २०८२
सुनको मूल्य
आइतवार, पौष ६, २०८२