Aamsanchar

बैङ्ग्लोरमा नेपालको पर्यटन प्रवद्र्धन गरिने

Author Image
बिहिवार, कार्तिक २९, २०७५

काठमाडौैैँ,

सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ छिमेकी मुुलुक भारतको बैङ्ग्लोरमा नेपालको पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गरिने भएको छ ।

होटल एसोसिएसन अफ नेपाल (हान) ले नेपाल पर्यटन बोर्ड, भारतस्थित नेपाली राजदूतावास तथा बैङ्ग्लोरमा बसोबास गरेका नेपालीहरुको सहकार्यमा आगामी मंसिर ३ गते प्रवद्र्धनात्मक कार्यक्रम गरिने  पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

भारत नेपालको पर्यटनको मूख्यस्रोत बजार भएकाले अधिक सङ्ख्यामा भारतीय पर्यटकलाई आकर्षण गर्न कार्यक्रम गर्न लागिएको हानका अध्यक्ष अमरमान शाक्यले बताउनुभयो । उहाँकाअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण पश्चात त्यहाँका प्रतिष्ठित ट्राभल तथा टूर अपरेटरसँग नेपाली होटलहरुको बीटूबी मिटिङ पनि गरिनेछ ।

सोही अवसरमा होटल सङ्घ नेपालको अर्धवार्षिक साधारणसभा बैङ्ग्लोरस्थित लेमोन ट्रि प्रिमियर होटलमा आयोजना गरिने हानले जनाएको छ । प्रत्येक अर्धवार्षिक साधारणसभा मुलुकबाहिर गर्ने नीतिअनुसार यस वर्ष बैङ्ग्लोरमा आयोजना गरिने भएको हो । साधारणभामा ३५ भन्दाबढी होटल व्यवसायीले सहभागिता जनाउनेछन् ।

साधारणसभाले सरकारले सन् २०२० मा नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सरोकारवाला निकायसँग सहकार्य गर्दै नीति निर्माण तहमा उपयुक्त सुझाव दिने छ ।

सो अवसरमा सङ्घका अध्यक्ष शाक्यले पर्यटन व्यवसायमा होटल क्षेत्रको अवस्थाबारे जानकारी गराउनुहुने र महासचिव विनायक शाहले सरकारले हालै १०० नयाँ गन्तव्य पहिचान गरिसकेकोले सरकार र निजी क्षेत्र मिलेर कसरी अघि बढ्ने भन्नेबारे अवधारणा प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको हानद्घारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 233

प्रतिक्रिया (०)

सम्बन्धित खबर