Aamsanchar

सातौं राष्ट्रिय कर दिवस, आन्तरिक राजस्व कार्यलय भद्रपुरले ७ दिन मनाउने

Author Image
बिहिवार, कार्तिक २९, २०७५

(विनोद पाण्डे कमल)

चारपाने, कार्तिक २९ । प्रदेश नं. १ मेची अञ्चलका विभिन्न स्थानमा कर सचेतना सप्ताह कार्यक्रम हुने भएको छ ।
‘कर : समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने नारा सहित आन्तरिक राजस्व कार्यालय भद्रपुरले सातौ कर दिवस मनाउन लागेको हो । कर सम्बन्धी संशोधन तथा छुट सुविधाहरु सम्वन्धमा करदातालाई जानकारी दिने कर सचेतना बढाउने करदाता र कर कार्यालय बीचको सुसम्बध स्थापना गर्ने तथा अघिल्लो आर्थिक बर्षका उत्कृष्ट करदाताहरुलाई सम्मान तथा पुरस्कृत गर्ने उदेश्यले कर दिवसको अवसरमा कर सप्ताह मनाउन लागिएको आज विर्तामोड उद्योग बाणिज्य संघको कार्यालयमा विर्तामोड उद्योग बाणिज्यको आयोजनामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताईएको छ ।

यही मंसिर १ गते ७ गते विर्तामोडवाट सुरुहुने कर सप्ताह कार्यक्रम अन्तरगत पहिलो दिन विहान ७ बजे विर्तामोड उद्योग बाणिज्य संघ र स्थानिय विभिन्न संघ संस्थाको संयुक्त सहकार्यमा सप्ताहको उद्घाटन हुने भएको छ । पहिलो दिनको कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङबोले कार्यक्रमको उद्घाटन गर्ने कार्य तालिका तयार भएको छ । उद्घाटनमा विभिन्न जातजातीका संस्कृति झल्कने झाँकी र जातिय तथा राष्ट्रिय भेषभूषाको प्रर्दशन सहित प्रभातफेरी गरिने आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख वोलराज आचार्यले जानकारी दिए ।

२ गते बुधबारे उद्योग बाणिज्य संघको सहकार्यमा बुधबारेमा घरदैलो कार्यक्रम, ३ गते फिदिममा पाँचथर, ताप्लेजुङका उद्योगी व्यवसायी सँग छलपल तथा अन्तरक्रिया, ४ गते इलाम मंगलबारेमा करदाता शिक्षा कार्यक्रम, ५ गते झापाको मेचीनरमा उद्योग बाणिज्य संघ मेचीनगर, होटल एशोसिएसन झापाको आयोजनामा अन्तरक्रिया र जिल्ला सहकारी संघ र जिल्ला बचत संघको सहकार्यमा जिल्ला भरिका सहकारी तथा वित्तिय संस्थाका लेखा प्रमुख, व्यवस्थापक सँग विर्तामोडमा कर सम्बन्धि छलफल, ६ गते उद्योग बाणिज्य संघ झापा र भद्रपुर उद्योग बाणिज्य संघको सहकार्यमा उद्यमी व्यवसायीसँग छलफल र ‘करः समृद्ध नेपाल, सुखी नेपालीको भर‘ विषयमा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता र त्यसैगरि कर सप्ताहको अन्तिम दिन मंसिर ७ गते काकाई उद्योग बाणिज्य संघको सहकार्यमा सुरुंगामा आयोजना हुने समापन कार्यक्रममा विभिन्न क्षेत्रवाट करमा सहभागी जनाउने तथा योगदान गर्ने करदातालाई सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम रहेको विज्ञप्तीमा बताईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 293

प्रतिक्रिया (०)

सम्बन्धित खबर