काठमाडौं :

गोरखाबाट बिरामी लिएर काठमाडौँका लागि उडेको फिस्टेल एयरको नाइन एन एकेए कलसाइन हेलिकप्टर दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा चालक क्याप्टेन रन्जन लिम्बूका साथै यात्रु कितमान गुरुङ, आसामी गुरुङ, प्रिती गुरुङ, लक्ष्मी गुरुङ, निशा तामाङ, र एक जना नवजात शिशु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
नवजात शिशु बिरामी भएका कारण उपचारका लागि सो हेलिकप्टरमार्फत काठमाडौँ ल्याइँदै गरेको थियो । प्राधिकरणका निमित्त महाप्रबन्धकका अनुसार प्राधिकरणका प्राविधिकलगायत सुरक्षाकर्मी घटनास्थल पुगिसकेको र मृतको शव सङ्कलन गरी हेलिकप्टरद्वारा काठमाडौँ ल्याउने तयारी भइरहेको छ ।

प्राधिकरणका अनुसार आज अपराह्न १२ः३२ बजे नुवाकोटको मदनपुर–९ बेतनी जङ्गलको चुच्चेभिरमा सो हेलिकप्टर दुर्घटना भएको थियो ।

Views: 170


