Aamsanchar

राजपा संयोजकमा महतो

Author Image
बुधवार, मंसिर ५, २०७५

काठमाडौँ, 

राष्ट्रिय जनता पार्टी (राजपा) ले चक्रीय प्रणालीअनुसार अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो संयोजक हुनुभएको छ ।

पार्टी कार्यालयमा बसेको अध्यक्ष मण्डलको बैठकले उहाँलाई संयोजक चयन गरेको हो ।

बैठकले पार्टीको विधानलाई सङ्घीय प्रणालीमा लैजाने, साधारण सदस्यता वितरणको समयावधि एक महीना थप्ने, एकीकरणपछिको केन्द्रीय कार्यसमितिको सूचीलाई आधिकारिक ठह¥याउँदै पार्टी सङ्गठनमा भएका सबै नियुक्ति र मनोनयनलाई खारेज गर्ने निर्णय गरेको संयोजक महतोले जानकारी दिनुभयो ।

उहाँले अगामी आइतबार बस्ने बैठकमा सरकारलाई दिएको समर्थनका विषयमा के गर्ने भन्ने विषयमाथि छलफल हुने जानकारी दिनुभयो । यसअघि राजपाको अध्यक्ष मण्डलको संयोजक महन्थ ठाकुर रहनुभएको थियो ।

Views: 248

प्रतिक्रिया (०)

सम्बन्धित खबर
चरेससहित दुई जना पक्राउ
आइतवार, पौष ६, २०८२
सुनको मूल्य
आइतवार, पौष ६, २०८२