Aamsanchar

डोटीमा स्कुल बस भिरबाट खस्यो १६ जनाको मृत्यु

Author Image
बिहिवार, मंसिर ६, २०७५

डोटी ।

डोटीको शिखर नगरपालिका –२, मा स्कुल बस भिरबाट खसेर दुर्घटना हुँदा ज्यान गुमाउने संख्या १६ पुगेको छ ।

इलाका प्रहरी कार्यालयका दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक कर्णबहादुर रौलेले दिएको जानकारी अनुसार दुर्घटनास्थलबाट १६ जनाको शव निकालिएको छ ।

६५ जना चढेको गाडी भिरबाट खस्दा ज्यान गुमाउनेहरुमध्ये अहिलेसम्म १६ जनाको शव निकालिएको र ज्यान गुमाउनेहरुको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।

डडेलधुराको अमरगढी नगरपालिकामा लाग्ने उग्रतारा मेलाबाट फर्किने क्रममा पिसजोन बोर्डिङ स्कुलको बस भिरबाट खसेको हो । अहिले जिल्ला प्रहरी कार्यलय डडेलधुरा र डोटीको टोली घटनास्थलमा पुगेको छ ।

डोटीको ३६ नं। गणको सशस्त्र प्रहरीको टोली पनि उद्धारका लागि घटनास्थल पुगेको उज्यालो अनलाइनले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)