केशवराज भण्डारी / झापा,


झापाको अर्जुनधारा–८ मा रहेको पूर्वार्ध कृषि सहकारी संस्था लि. झापाले आफ्नो बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

सहकारीका अध्यक्ष कमल भण्डारीको अध्यक्षता साथै जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको प्रमुख आथित्यता रहेको कार्यक्रममा अर्जुनधारा नगरपालिका भित्रका बिभिन्न सहकारीका प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि तथा सहकारीका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
सहकारीकी उपाध्यक्ष नमिता विमलीले स्वागत मन्तब्य राखेको उक्त कार्यक्रममा सहकारीको आर्थिक प्रतिवेदन सहकारीका सचिव शागरवाबु उप्रेतिले प्रश्तुत गरेका थिए ।

अध्यक्षको प्रतिवेदन प्रश्तुत गर्दै सहकारीका अध्यक्ष कमल भण्डारीले आगामि आर्थिक वर्ष वाट सहकारीले डेरी उृद्योग सँगै आइसक्रिम उद्योगको स्थापना गर्ने, सहकारी ऐन २०७४ अनुसार सहकारीको विधान संसोधन गर्ने, ऋणीले प्राप्त गरेको ऋणका आधारमा अधिकतम १ लाख सम्मको विमा सहकारीले गरिदिने, मोवाइल रिचार्ज तथा डिसहोमको रिचार्ज अर्थात विल भुक्तानि गर्दै आएको सहकारीले संरक्षित पुँजिकोस मार्फत जगेणा कोषमा छुट्याइ बाँकि रहन आएको रकम वाट कम्तीमा २५ प्रतिसत रकम ऋणीलाई पैदान गर्ने ुाथै चुक्ता पुँजीको सेयर लाभाम्स सेयर सदस्य तथा सदस्यले गरेको वचतका आधारमा वितरण गर्ने साथै आगामि वर्ष अर्थात ११ औँ वार्षिक साधारण सभामा सहकारीको उन्नयनमा कलम चलाउने सन्चारकर्मीलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको वताए ।
२०६५ सालमा स्थापना भएको सहकारीले कृषि क्षेत्रको विकासका लागि बिभिन्न कृयाकलापहरु सञ्चालन गरे सँगै दुध तथा दुग्धजन्य पदार्थको विक्रि वितरण अर्थात डेरी उत्पादनका क्षेत्रमा आफ्नै डेरी उद्योगको स्थापना गरि अर्जुनधारा नामक दुधका विभिन्न परिकारहरु वजारमा ल्याउने गरेको छ ।
जस वाट सहकारीमा आवद्ध सदस्य तथा सेयर सदस्यले उत्पादन गरेको दुधले राम्रो बजार पाउने गरेको छ । पुवार्ध डेरी उद्योग झापा अर्जुनधारा नगरपालिका क्षेत्रकै पहिलो र एक मात्र डेरी उद्योगको रुपमा स्थापित उद्योग हो ।

