Aamsanchar

शनिश्चरे बजारका घर टहरा धमाधम हटाइदै

Author Image
बुधवार, मंसिर १२, २०७५

केशवराज भण्डारी/ झापा ।


झापाको पुरानो तथा प्रमुख वजार अन्तर्गत अर्जुनधारा नगरपालिकाको शनिश्चरे वजारमा वाटो मिचेर वनाइएका घर टहराहरु नगरपालिकाको जेसिबी साथै ट्रिपरको प्रयोग गरी हटाउने कार्य तिब्र रुपमा अगाडि वढाइएको छ ।

विर्तामोडबाट इलाम, हुदै पाँचथर, ताप्लेजुङ जानका लागि छोटो रुटका रुपमा चिनिने विर्तामोड इलाम सडक खण्डमा पर्ने शनिश्चरे वजार क्षेत्रमा रहेका वाटोको राइट आफ वे भित्र पर्ने टहराहरु अग्रिम सुचना जारी गरी धमाधम हटाइए सँगै अव अर्जुनधाराको शनिश्चरे वजारको मुहार फेरिने भएको छ ।

नगरपालिकाको निर्णयमा वजारको ब्यवस्थित पुन निर्माण गर्ने कार्यक्रम अन्तर्गत वाटोको भाग १०५ फुट कायम गरी रहेको वाहिरी भगमा नाला निर्माण गरी बचेको क्षेत्रलाइ आकर्षक रुप दिनका निम्ति बिभिन्न धार्मिक, ऐतिहासिक एवम पुरातात्विक महत्व झल्काउने मुर्तिहरु स्थापित गरिने नगर परिषद सदस्य सेमन्त कुमार ढकालले जानकारी दिए ।

वजारको स्वरुप परिवर्तन तथा ब्यवस्थित गर्न यतिवेला नगर भित्रका समाज सेवी ढकाल र माधव भण्डारी रातदिन खटिएका छन । अर्जुनधारा नगरपालिकाकोे शनिश्चरे वजार पहिला पहिला ठेकी वजारको रुपमा पनि चिनिने गरिन्थ्यो । यहि कुरा लाई मध्यनजर गर्दै वाटाको क्षेत्र वाहिर वचेको जमिनमा ठेकीको कला झल्कने मुर्तिकला स्थापित गरिने वजारको मुहार परिवर्तनमा खटिनु भएका भण्डारीले जानकारी दिए ।

अर्जुनधारा जलेश्वर धामको नामबाट नामांकित अर्जुनधारा नगरपालिकाको शनिश्चरे बजारको नजिकै जलेश्वरधाम पर्दछ । त्यहि कुरालाई मध्यनजर गर्दै धार्मिक क्षेत्र झल्काउने भगवान कृष्णले रथ चलाउदै गरेको मुर्ती, २१ फुट अग्लो हनुमानको मुर्ती र गोरु सहितको गाडा स्थापित गरिने पनि समाजसेवी ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 293

प्रतिक्रिया (०)

सम्बन्धित खबर