Aamsanchar

भन्न मिल्दैन, काठसहित ट्याक्टर बरामद

Author Image
बिहिवार, साउन २७, २०७३

kath baramad

भद्रपुर ।
सशस्त्र प्रहरीले झापाको भद्रपुरबाट करम जातको ४८ थान चिरान काठ सहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

पृथ्वीनगरबाट विर्तामोड तर्फ गइरहेको को १ त २३६७ नम्बरको ट्याक्टरमा ठूलो परिणाममा चिरान काठ रहेको विशेष सुराकीको आधारमा सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले काठ सहित टयाक्टर नियन्त्रणमा लिएको हो ।

भद्रपुर १ स्थित गोलेचोकबाट नियन्त्रणमा लिएको टयाक्टर सहित काठलाई आवश्यक कार्वाहीका लागि जिल्ला वन कार्यालय झापा बुझाइसकेको सिमा सुरक्षा कार्यालय झापाले जनाएको छ ।

पृथ्वीनगर गाविस ६ बस्ने चन्द्रबहादुर लिम्बुले विशाल सामूदायिक उपभोक्ता समिति पृथ्वीनगरबाट घरायसी प्रयोजनाका लागि खरिद गरेको एक सय किबी गोलिया काठ चिरान गरी बेच्नका लागि बिर्तामोड तर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको थियो । बरामद गरेको काठ जिल्ला वन कार्यालय झापाले छानविन सुरु गरिसकेको छ ।

विशाल सामुदायिक वन उपभोक्ता समितिको बिलबिजक रहेको काठको जाचबुझ गर्न वन कार्यालयले सगरमाथा इलाका बन कार्यालय पृथ्वीनगरलाई पत्रचार गरिसकेको छ । यता सगरमाथा इलाका वन कार्यालय वन इन्चार्ज मानवहादुर खडकाले बरामद गरेको काठको बिषयमा अनुसन्धान भइरहेको बताउदै वैध वा अवैध दुई/चार दिन पछि मात्र भन्न मिल्ने बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर