Aamsanchar

ईपीएसको परीक्षा दिनेबित्तिकै नतिजा आउने

Author Image
बिहिवार, साउन २७, २०७३

काठमाडौंः

eps koriya exam-57abdf8dd67ba0.54353385

ईपीएस परीक्षार्थीले परीक्षा दिएकै दिन आफूले प्राप्त गरेको नम्बर हेर्न पाउने भएका छन् । परीक्षा दिएकै दिन कति नम्बर आयो, कुन प्रश्नको उत्तर बिग्रियो अनि कुनकुन चाहिँ मिल्यो भन्ने जानकारी परीक्षा सकिने बित्तिकै दिइने तयारी गरिएको हो ।

काम गर्न दक्षिण कोरिया जान चाहनेले सन् २०१९ देखि अनिवार्यरूपमा कम्प्युटरमै परीक्षा दिनुपर्ने व्यवस्था गरिएको छ । यो व्यवस्थासँगै परीक्षा लिने बित्तिकै प्राप्तांक पनि देखाउने प्रणाली विकास गर्न लागिएको हो । हाल परीक्षा दिएपछि नतीजा थाहा पाउन लामो समय कुर्नुपर्ने बाध्यता छ । कागजी प्रणालीमा परीक्षा लिइने भएकाले परीक्षण गर्न लामो समय लागेको हो ।

कम्प्युटर प्रणालीबाट परीक्षा लिएपछि उत्तर मिलेनमिलेको सिस्टमले परीक्षण गर्ने व्यवस्था हुनेछ । सोही आधारमा कुन प्रश्नको उत्तर मिल्यो वा मिलेन अनि कति अंक प्राप्त भयो भन्ने जानकारी परीक्षार्थीलाई देखाउन लागिएको हो ।

कोरिया जाने व्यक्ति अब कम्प्युटरमा पनि साक्षर हुनैपर्ने भएका छन् । ग्रामीण क्षेत्रका युवाले पनि कोरिया जानका लागि कम्प्युटरका आधारभूत ज्ञान हासिल गर्नैपर्नेछ । कम्प्युटरमा बसेर परीक्षा दिन नसक्नेहरू त्यहाँ जानबाट वञ्चित हुनेछन् ।

कोरियाले अबदेखि कामदारले लिने १६ वटै मुलुकमा इपीएस परीक्षा कम्प्युटरबाट सम्पन्न गर्ने निर्णय गरिसकेको छ । भाषा परीक्षा सन् २०१९ देखि वर्षैभरिजसो चल्नेछ । कोरिया जान आवेदन दिनेको संख्या अत्याधिक बढी हुने भएकाले वर्षैभरी परीक्षा सञ्चालन गर्न लागिएको हो ।

अहिले कोरिया जान करिब ६० हजार जनाले परीक्षा दिने गरेका छन् । यति धेरै संख्यालाई कम्प्युटरमा राखेर एकदुई दिनमा परीक्षा सञ्चालन गर्न सकिने अवस्था छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर