Aamsanchar

साउन २८ गते साँझ नेपालमा अत्यधिक उल्कावर्षा

Author Image
बिहिवार, साउन २७, २०७३

काठमाडौँः

tara

नेपालमा साउन २८ गते उग्र उल्कावर्षा हुने अनुमान गरिएको छ । नेपाल स्ट्रोनोमिकल सोसाइटीले साउन २ गतेदेखि सक्रिय ययाति उल्कावर्षा २८ गते अत्यधिक हुने अनुमान गरेको हो ।

सोसाइटीका अध्यक्ष खगोलविद् सुरेश भट्टराईका अनुसार २८ गते उत्कावर्षा उत्तर तथा उत्तरपूर्वी आकाशमा देखिने छ । २८ गते साँझ ६ः४५ देखि ९ः१५ सम्मको अवधिमा उल्कावर्षा बढी सक्रिय हुने अनुमान गरिएको छ ।  उल्का वर्षाको स्रोत यायाति तारामण्डल भएको जस्तो देखिने हुनाले यसलाई ययाति उल्कावर्षा नाम दिइएको सोसाइटीले बताएको छ।

‘स्वीफ्ट टटलले सूर्यको परिक्रमा गर्न एक सय ३३ वर्ष लगाउछ । यसले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षामा धुलोका कण र चट्टान छोड्ने गर्दछ । जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छे«ताराको कक्षाको नजिक आइपुग्छ तब धुलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तिब्र गतिले ठोक्किएर जल्दछन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यसलाई नै हामी उल्का वर्षा भन्छौँ ।’

उल्का वर्षालाई सामान्य बोलीचालीको भाषामा तारा खसेको भन्ने गरिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर