Aamsanchar

बिर्तामोडका ‘माइला’ भन्छन्– ‘मलाई बचाइदिनुस्’

Author Image
बिहिवार, साउन २७, २०७३

maila

बिर्तामोड।
झापाको बिर्तामोड–१का ५० बर्षीय खड्गबहादुर लिम्बू कन्दङ्वा दुबै मृगौला –किड्नी) खराब भएका कारण उपचार खर्चको अभावमा मृत्युसग जुधिरहेका छन् ।
मजदुरी गरी जसोतसो परिवारको गुजारा गर्दै आएका खड्गबहादुर विगत ९ महिनादेखि थलिएका हुन् । बिर्तामोड–१ सुकुम्वासी टोलका बासिन्दा उनी माइला नामले चिनिन्छिन् ।
परिवारको भरणपोषणका लागि मजदुरी गर्ने माइला विरामी परेपछि उपचार खर्च अपुग मात्र होइन परिवारको छाक टार्नै मुस्किल पर्ने गरेको उनकी श्रीमती बुद्धमाया बताउाछिन् । अहिलेसम्म उपचारमा तीन लाख रुपैयाा बढी माइलाले आफ्नै भएभरको सम्पत्तिबाट जुटाएर खर्च गरेको बताए ।
अवस्था विग्रदै गएपछि केही दिनबाट उनको मृगौलाको डायलासिस शुरु भएको छ । चिकित्सकले जति सक्दो चााडो पैसा जुटाएर मृगौला फेर्ने सल्लाह दिएकाले पैसाको अभावमा उनी चिन्तित बनेका छन् । ‘मृगौला नफेरि म बााच्दिना त्यसका लागि पैसा चाहिन्छ, पैसा छैन’– माइलाले भने– ‘मेरो जीवन तपाइहरुको हातमा छ, सहयोग जुटाएर बचाइदिनुहोस् ।’
मृगौला दान गर्ने मान्छे नभेटिएको अवस्थामा फेर्नको लागि १५ लाख रुपैयाा खर्च हुने बताइएको छ । उनी अहिले मृगौला दानका लागि आफन्तजनलाई हारगुहार गरिरहेका छन् भने रकम जुटाउनका लागिसमेत सहयोगको याचना गरिरहेका छन् । लामो समय यातायात चालक भई मजदुरी गर्दै आएका उनी पछिल्लो समय बिर्तामोड नगरपालिकाको बारुण यन्त्र कर्मचारी थिए । विरामले थलिएपछि त्यो काम समेत उनले छाड्ेका छन् । नेपाली कांग्रेसका सक्रिय सदस्य माइला तरुण दल बिर्तामोडका सल्लाहकार हुन् । यसअघि उनी तरुण दल चारपानेका सभापति थिए । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् । उनको उपचारमा सहयोग पुर्‍याउन यस अघि जगतवस्ती शान्ति टोलमा १७ हजार रुपैयाा जुटाएर प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटी बिर्तामोडका सभापति सजेश शिवाकोटीले बताए । वीरता जेसीजका अध्यक्ष समेत रहेका शिवाकोटीले डायलासिसका लागि रेडक्रसबाट आवश्यक रगत विशेष छुटमा उपलब्ध गराउने बताए ।
यसैबीच सामाजिक क्षेत्रमा क्रियाशील लोकबन्धु कन्दङ्वा, मदन गोपाल सुब्बा लगायतको अगुवाईमा ‘खड्ग लिम्बू माइला बचाउ समिति’ बनाएर अभियान शुरु गरिएको छ । बुधवार माइलाकै निवासमा भेला भएका सामाजिक अगुवाहरुले उनको जीवन बचाउनका लागि लक्ष्मण खड्काको संयोजकत्वमा समिति गठन गरेका हुन् । समितिको सचिवमा मदन गोपाल सुब्बा र कोषाध्यक्षमा धनराज योङहाङ रहेका छन् ।
सदस्यहरुमा राजु आचार्य अग्नि, सञ्चार नेम्वाङ, लोकबन्धु कन्दङवा, भोजराज सिटौला, राजेन्द्र थापा, गोपी गिरी, प्रकाश शिवाकोटी, राजु कन्दङवा, सजेश शिवाकोटी, बलदेव गोम्देन, टेकबहादुर सुब्बा, एकराज उप्रेती, कुमार भट्टराई, टेकराज तिलिङ, उमेश डालमिया, नगेन्द्र बस्नेत, तुलाराम गुरुङ, ठगबहादुर खड्का, लाजेहाङ साम्यु र अप्रोच खान रहेका छन् ।
समितिको नाममा बैंकमा खाता खोलेर रकम जुटाउने अभियान सञ्चालन गरिने संयोजक खड्काले बताए । शुरुमा समितिका सदस्यहरुबाटै रकम उठाएर अन्य क्षेत्रमा जाने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर