Aamsanchar

भारतीय सुरक्षाकर्मी पोशाकसहित नेपाल छिरेपछि निगरानी

Author Image
शुक्रवार, साउन २८, २०७३

विराटनगरः

indian

ड्युटीमा खटिने भारतीय सुरक्षाकर्मी पोशाकसहित नेपालतर्फ आउने क्रम बढेपछि मोरङको सीमावर्ती क्षेत्रमा निगरानी बढाइएको छ ।

भारतीय सुरक्षाकर्मी पोशाक र हतियारसहित अर्को देशमा आउजाउ गर्न नपाइने नियम छ । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी केशरीराज घिमिरेले भने, ‘नियम मिचेर भारतीय सुरक्षाकर्मी पोशाकसहित नेपाल छिर्ने क्रम बढेपछि निगरानी बढाइएको छ ।’

खुल्ला सीमानाको फाइदा उठाउँदै भारतीय सुरक्षाकर्मी पोशाकसहित नेपाल आउने र आफ्ना व्यक्तिगत कामकारबाही तथा गतिविधी गरेर फर्कने गरेका छन् । कतिपय स्थानबाट हतियारसहित भारतीय सुरक्षाकर्मी नेपाल आउने गरेका छन् ।

मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीका अनुसार कुनै पनि देशका सुरक्षाकर्मीले पोशाक र हतियारसहित अर्को देशमा प्रवेश गर्न पाउँदैनन् । एसपी भण्डारीले अन्जानमा पोशाकसहित आउने भारतीय सुरक्षाकर्मीलाई भने सम्झाएर फिर्ता पठाइने बताए । ‘जानीजानी आउनेलाई भने नियन्त्रणमा लिएर भारतीय उच्च सुरक्षा अधिकारीको जिम्मा लगाउने छौँ,’ उनले भने, ‘नेपाली सुरक्षाकर्मीलाई पनि पोशाकसहित भारततर्फ नजान निर्देशन दिइसकिएको छ ।’

कुनै अफिसियल काममा आउँदा जाँदा दुबै देशका सुरक्षाकर्मीले अनुमति लिनु पर्ने नियम छ। पोशाकसहित आउनु पर्दा अनुमति लिनु पर्ने भए पनि भारतीय सुरक्षाकर्मी बिना अनुमति आँफूखुसी आउजाउ गर्ने गरेका छन् । यसले दुई देशबीचको कुटनीतिक मर्यादा र नियमको उल्लंघन भएको ठहर गर्दै सीमावर्ती क्षेत्रमा कडाई थालिएको नेपाली सुरक्षा अधिकारीको भनाइ छ ।

सामान्य अवस्थामा व्यवहारिक कठिनाई हेरेर सीमावर्ती क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीलाई हतियार र पोशाकसहित आउजाउ गर्न पाउने व्यवस्था मिलाइए पनि त्यसको फाइदा उठाएर गलत गतिविधी हुन सक्ने सम्भावना बढेपछि पोशाकसहित आउजाउमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको सीमावर्ती क्षेत्रका सुरक्षा अधिकारीको भनाइ छ ।अन्न्पूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)