Aamsanchar

मारवाडी युवाको सह्रानीय कार्य, डाँगीवारीका ५०० जनालाई न्यानो कपडा

Author Image
मङ्गलवार, पौष २४, २०७५

झापा,

पुराठू राजवंशी वाह्रदशी गाउँपालिका – ७ निवासी हुन् । उनी सोमवार निक्कै खुशी देखिए । कारण थियो गाउँपालिकाको वडा कार्यालयमा उनलाई प्रदान गरिएको ब्याङ्केट । पुसको चिसोमा न्यानो व्लाङ्केट पाउदा उनी निक्कै खुशी देखिएका थिए ।

विपन्नताका कारण एकसरो लगाउने र खाने अन्न समेत नभएका पुराठूले अचानक व्लाङ्केट पाउँदा खुशी नहुने कुरै थिएन । उनले व्याङ्केट पाउन साथ सवैलाई देखाउँदै उनले भने –‘वडाध्यक्ष भनेको उहाँजस्तो हुनुपर्छ, दशैमा गरिवका लागि चामल बाढ्ने र चिसोमा सवैलाई न्यानो कपडा बाढ्ने ।’

१५ वर्षअघि नै श्रीमतीको मृत्यु भएको सम्झदै उनले भने – गरिवको पनि दिन आउँदो रहेछ, जाडोमा न्यानो कपडा पाउँदा मलाई धेरै खुशी लागेको छ । अब हाम्रो दवाइपानी गरिदिए हामी गरिवको कल्याण हुनेथियो ।’

वह्रदशी गाउँपालिका – ७ डाँगीवारीका पुराठू मात्रै खुशी थिएनन् उनी जस्ता झण्डै एकसय ५० परिवारका पाँचसय जना सोमवार निक्कै खुशी देखिन्थ्ये । नेपाल मारवाडी युवा संगठन नेपाल बिर्तामोडले उनीहरुलाई वडा कार्यालयसंग सहकार्य गर्दै निःशुल्क कपडा वितरण गरेको थियो । जसका कारण राजवंशी सहित त्यस ठाउँका ५ सय विपन्न व्यक्तिले न्यानो कपडा पाएका छन् । ओढ्नका लागि व्याङ्केटदेखि स्वीटर, ज्याकेटर, कोट, साडी, सर्ट पेन्ट सबैलाई वितरण गरिएको थियो ।

गउँपालिका वडा नम्वर ७ का अध्यक्ष मित्र भट्टराईका अनुसार ५ सय जनालाई न्यानो कपडा बितरण गरिएको हो । जसवाट विपन्न समुदायका मानिस लाभान्वित भएका छन् । सुकुम्वारी बनेक राजवंशीले जाडो छल्नका लागि न्यानो कपडा पाउँदा निक्कै हर्ष महसुस आफूले गरेको वडा अध्यक्ष भट्टराईले बताए ।

उनीमात्र होइन सोही ठाउँ निवासी एकल महिला लीलादेवी थापा पनि न्यानो कपडा पाउँदा दंग परिन । दंग पर्नु पर्ने एउटै कारण थियो व्याङ्केट सहित न्यानो कपडा पाउँनु । विरिङ खोलमा आएको वाढीका कारण सुकुम्वारी बनेका उनीहरु जस्तै एक सय ५० परिवारलाई न्यानो कपडा वितरण गर्दा विपन्न परिवार मात्र नभई डाँगीवारी वासीपनि निक्कै हर्षित देखिए ।

राष्ट्रिय मारवाडी युवा मञ्चका अध्यक्ष दीपक मित्तलको नेतृत्वमा गएको टोलीले विपन्न परिवारलाई जाडोमा न्यानो कपडा प्रदान गरेको थियो । सो समारोहमा गौरी शंकर माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष महेशकुमार झाले विपन्नका लागि जाडोमा न्यानो कपडा वितरण गर्नु पुण्यको काम भएको बताए । गाउँपालिकाले गर्नु पर्ने काम दाता जुटाएर वडा कार्यालयले गर्नु आफैंमा राम्रो भएको बताउँदै दाता परिवारलाई समेत उनले धन्यवाद दिए । उनले भने – दाताको मन उदार रहेछ सिङ्गो गाउँलेलाई न्यानो कपडा वितरण गर्नु निक्कै महान कर्म हो ।

यता वडा अध्यक्ष मित्र भट्टराईले मारवाडी युवा मञ्चलाई धन्यवाद दिदै मञ्चको सहयोग प्रति सिङ्गो वडा कृतज्ञ रहेको बताए । उनले भने– व्यापारमा केन्द्रीत रहने मारवाडी समुदायका युवाहरु समाजसेवामा पनि खुलेर लागेको देख्दा असाध्ययै खुशी लागेको छ । उनीहरुको यो कार्य सधै प्रशंसनीय छ ।

यता शिक्षा सेवी लेखनाथ कटुवालले मारवाडी समुदायले डाँगीवारी वासीका लागि गरेको सहयोग अनुकरणीय रहेको बताउँदै आगामी दिनमा पनि उनीहरुको सहयोगका हात अघि वढीरहन शुभकामना दिए । उनले भने– मारवाडीहरु साच्चै उदार हुँदा रहेछन् किनकि गाउँपालिकाले गर्न नसकेको काम गर्दै सिङ्गो वडा वासीलाई मारवाडी युवा मञ्चले न्यानो कपडा प्रदान गरेको छ ।

न्यानो कपडा वितरण समारोहमा मञ्चका तर्फबाट अध्यक्ष दीपक अग्रवाल उपाध्यक्ष टोनी अग्रवाल ,बडा उपडाक्ष्य पंकज मित्तल, महासचिव प्रवीण अग्रवाल,सचिव रोहित अग्रवाल, स–सचिव मनिष पोद्दार,कोषाध्यक्ष पुरषोत्तम अग्रवाल, कृष्णा अग्रवाल,राहुल अग्रवाल,सुमित साहिवाल,कौशल अग्रवाल,संजय अग्रवाल,बिशाल गोयल,सनी गोयल,किशन चौधरी, ,बिकाश अग्रवाल,निखिल मित्तल, बिकाश अग्रवालसेंकी अग्रवाल सहभागी थिए । त्यस्तै समितिका किशन चौधरी, बिकाश अग्रवाल,बिकाश अग्रवाल,निखिल मित्तल,सेंकी अग्रवाल,पी रा ओ शरद जोशी सहभागी थिए ।

त्यस्तै समाजका केन्दीय सदस्य यज्ञराज अग्रवार र राहुल शर्मा सहभागी थिए ।

सामुदायिक भवन निर्माणमा पनि सहयोग

वह्रदशी गाउँपालिका – ७ स्थित सिमलवाडीमा आयोजना गरिएको सप्ताहब्यापी श्रीमद कर्म महापुराण ज्ञान महायज्ञमा नेपाल राष्ट्रिय मारवाडी युवा मञ्चले आर्थिक सहयोग गरेको छ । पुराण मूल आयोजक समितिका अध्यक्ष विमलराज भट्टराईलाई मञ्चका अध्यक्ष दीपक अग्रवालले आथिएक सहयोग गरेका थिए । सहयोग रक मभने उनले उल्लेख गर्न चाहेनन् । मारवाडी युवाहरु काम गर्छन नाम चाहादैनन उनले भने – हाम्रो सानो सहयोग पनि महायज्ञको लक्ष्य पुरा गर्न सार्थक हुने छ ।

पुस २२ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने महायज्ञमा उदय दाहालको प्रमुख बाचकत्व रहने छ भने उपवाचकमा दुर्गा अधिकारी रहेका छन् । संगीतमय कथा वाचन सहित सञ्चालित महायज्ञबाट जसटेको रकमले सामुदायिक भवन निर्माण गर्ने लक्ष्य राखिएको महायज्ञ मूल समारोह समितिका अध्यक्ष भट्टराईले बताए ।

उता झापाली समाज युएईले झापाको एक्सल डेभलपमेन्ट बैंकसँग मिलेर झापाका तीन विद्यालयका १ सय ५१ जना विधार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

झापा गाउँपालिकाको अमरसिंह प्रा. वि. मा रहेका ४० जना विधार्थीलाई ट्रयाक सुट तथा तोपी निस्शुल्क वितरण गरिएको झापाली समाज युएई नेपाल सम्पर्क समितिका अध्यक्ष जगत लुइँटेलले बताएका छन् । त्यसैगरी मेचीनगर नगरपालिका– १२ को कालिका आधारभूत विधालयमा रहेका ५० जना विपन्न विधार्थीलाई न्यानो कपडा वितरण सम्पन्न भएको छ । तेस्रो चरणमा पुस २३ गते सोमबार शिवसतासी (४ विश्वडुब्बामा रहेको कन्काई प्राथमिक विधालयमा अध्ययनरत ६१ विधार्थीलाई सोही प्रकृतिका न्याना कपडाहरु वितरण गरिएको समाजको नेपाल सम्पर्क समितिका सल्लाहकार भरत शिवाकोटीले जानकारी दिएका छन् ।

झापाली समाज युएईका सबै क्षेत्रीय समितिहरुले विगत ३ वर्षदेखि झापाका विभिन्न वृद्धआश्रम र अनाथालयमा बर्से्नि कपडा वितरण गरिरहेको र त्यसैको निरन्तरता स्वरूप यो कार्यक्रम आयोजना गरिएको झापाली समाज युएई, रासअल खेमा क्षेत्रीय अध्यक्ष खगेन्द्र बुढाथोकीले जानकारी दिएका छन् ।

झापाली समाज युएई र एक्सल डेभलपमेन्ट बैंकको संयुक्त आयोजनामा सोमबार शिवसताक्षी नपा. ४ अवस्थित कन्काई प्रा.बि. मा अध्यनरत अति विपन्न वर्गका विधार्थीहरुलाई शिवसताक्षि नगरपालिकाका मेयर चन्द्रकुमार शेर्मा, उपमेयर भोजकुमारी नेपालको प्रमुख आतिथ्यतामा, झापाली समाज युएई नेपाल संपर्क समितिका अध्यक्ष जगत लुईटेलको सभापतित्वमा समाजका विभिन्न जिम्मेवारीमा रहेका पदाधिकारी र एक्सल डेभलपमेन्ट बैंकका प्रतिनिधि लगायतको उपस्थितिमा कार्यक्रम भव्यताका साथ कार्यक्रम सप्पन्न भएको सम्पर्क समितिका सचिव डिल्ली हुमागाईले बताएका छन् ।

कार्यक्रमको अन्त्यमा यो अभियानलाई सहयोग गर्ने तिलरुपा दाहाल, न्यु लाइफ स्टायल फेन्सी स्टोर, जयपुर, झापाली समाज युएईका उपाध्यक्ष दिनेस नेपाल, अलएन क्षेत्रीय समितिबाट सचिव मानबहादुर बुढाथोकी, कोषाध्यक्ष सरस्वती बास्तोलाको प्रतिनिधि तारा बास्तोला, समाजसेवा ज्योति अधिकारी लगायत एक्सल बैंकलाई विशेष कदरपत्रले सम्मान गरिएको थियो ।

Views: 134

प्रतिक्रिया (०)