Aamsanchar

बुधबारे जेसीजको नयाँ नेतृत्व चयन

Author Image
मङ्गलवार, पौष २४, २०७५

बुधबारे ।

बुधबारे जेसीजको सातौं साधारण सभा मार्फत वर्ष २०१९ का लागि अध्यक्षमा जेसी हेमन्त बराल सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै कार्यकारिणी उपाध्यक्षमा जेसी अनिल वाग्ले र जेसी दीपेन सिटौला चयन भएका छन् त्यस्तै महसचिवमा जेसी मुकेश भट्टराई, उपाध्यक्षहरुमा जेसी अर्जुन ढकाल, जेसी गजुहाङ योङहाङ, जेसी केशव खुलाल, सहसचिव जेसी गोकुल पौड्याल, कोषाध्यक्ष जेसी कृष्ण ढकाल, कानुनी सल्लाहकार जेसी चन्द्र कटवाल चयन भएका छन् । साधारण सभामा नै अध्यक्ष वरालले विभिन्न उपसमितिका संयोजक पनि चयन गरेका छन् ।

बुधबारे जेसीज वर्ष २०१८ का अध्यक्ष जेसी प्रकाश भण्डारीको अध्यक्षता, जेसी अनिल वाग्लेको संयोजकत्वमा भएको साधारण सभामा झापा उद्योग वाणिज्य संघ बुद्धशान्तिका अध्यक्ष रुद्र चापागाईंको प्रमुख आतिथ्यता रहेको थियो ।

जेसी कृष्ण ढकालले आस्था वाचन गरेको कार्यक्रममा जेसी वाग्लेले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख अतिथि चापागाईं, संस्थापक अध्यक्ष प्रकाश शिवाकोटी, पूर्व अध्यक्ष जेसी सेमन्त पोखरेल, महिला सामुदायिक स्वास्थ्य सेवा केन्द्रका व्यवस्थापक जेसी जीवनकुमार खड्काले शुभकामना मन्तव्य राखेका थिए । महासचिव चन्द्र कटवालले संचालन गरेको कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन जेसी हेमन्त बरालले प्रस्तुत गरेका थिए ।

कार्यक्रम बुधबारे वाणिज्य संघको कार्यालयमा सोमबार भएको थियो । सन् २०१२ मा विरता जेसीजले मातृत्व प्रदान गरी बुधबारे जेसीजको स्थापना भएको थियो ।

Views: 291

प्रतिक्रिया (०)

सम्बन्धित खबर