धुलाबारी ।



मेची उद्योग वाणिज्य संघ धुलाबारीको निर्वाचन शनिबार सम्पन्न भएको छ । निर्वाचनमा ८८ प्रतिशत मत खसेको छ ।

कुल १ हजार ३ सय ७५ मतदाता रहेको उक्त निर्वाचनमा कुल १ हजार २ सय १४ मत खसेको निर्वाचन समितिका संयोजक अशोक पोखरेलले बताए । चुनावका लागि नेकपा र काँग्रेसको प्यानल कडा प्रतिस्पर्धामा उत्रिएको छ । निर्वाचनको मतगणना भने आइतवार बिहान ९ बजेबाट सुरु गरिने निर्वाचन समितिका सदस्य पदम डाँगीले बताए ।

्निर्वाचनमा नेपाली काँग्रेस र राप्रापाको लोकतान्त्रिक प्यानल तथा नेकपा, संघीय समाजवादी फोरम, लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान नेपाल र राप्रपा प्रजातान्त्रिकको गठबन्धन संयुक्त व्यवसायी प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । जसमा संयुक्त व्यवसायी र लोकतान्त्रिक प्यानलबाट ३३ जनाको उम्मेद्वारी परेको पोखरेलले जानकारी दिए ।
नेकपासहितको संयुक्त व्यवसायी प्यानलबाट उद्योग उपाध्यक्ष र महिला उपाध्यक्ष संघीय समाजवादी फोरमको भागमा छ भने एउटा खुला सदस्य पदमा लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान नेपाललाई दिएको छ । अन्य सवै पद नेकपाको भागमा छ ।

