मेचीनगर ।

मेची उद्योग वाणिज्य संघ मेचीनगरको अध्यक्ष पदमा वर्तमान महासचिव ऋषि तिम्सिना ६ मतले विजयी भएका छन् ।

निर्वाचन समितिबाट आधिकारिक घोषणा हुन बाँकी छ । नेपाल राष्ट्रिय वाणिज्य संघ झापाका अध्यक्ष पर्वत कार्कीले तिम्सिनाले विजय प्राप्त गरेको जनाएका छन् ।
यसैबीच नेकपासहितको संयुक्त व्यावसायी प्यानलबाट उम्मेदवार बनाइएको तिम्सिना विजयी भएको भन्दै अविरजात्रा भइरहेको छ ।

लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पुनित वंशल थिए । अन्य पदहरुको मत परिणाम आउन बाँकी रहेको जनाइएको छ ।
Views: 259

