Aamsanchar

एनएमसीको सरसफाई अभियान

Author Image
सोमवार, पौष ३०, २०७५

अर्जुनधारा।

“स्वच्छ जीवनको लागि स्वच्छ वातावरण”भन्ने मुख्य नारासहित नेपाल बहुउद्धेयीय सहकारी संस्था लि.शनिश्चरे शाखा इकाई नम्बर १ले आइतबार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

समितिका संयोजक नन्दलाल खनालको अध्यक्षतामा आयोजित कार्यक्रममा अर्जुनधारा–१ साधुटारमा रहेको शंकराचार्यपीठमा सरसफाई कार्यक्रम सम्पन्न गरेको थियो ।

संस्थाको नीति तथा कार्यक्रमअनुसार समितिले सरसफाई कार्यक्रमलाई अभियानकोरुपमा आयोजना गर्ने गरेको संयोजक खनालले बताए ।

कार्यक्रममा समितिका सदस्यहरुसँगै शंकराचार्यपीठ अन्र्तगत रहेको वेदवेदाङ्ग संस्कृत पाठशालाका विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सदस्य श्रीप्रसाद नेपालले गरेका थिए ।

Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर