Aamsanchar

तेह्रथुममा ६३ जनाले गरे रक्तदान

Author Image
बिहिवार, माघ ३, २०७५

तेह्रथुम ।

राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा तेह्रथुममा ६३ जनाले रक्तदान गरेका छन्।

म्याङलुङ र जिरिखिम्तीमा भएको रक्तदान कार्यक्रममा १० जना महिला र ५३ जना पुरुषले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तेह्रथुमले जनाएको छ।

रक्तदान गर्नेमध्ये म्याङलुङमा ५० र र जिरिखिम्तीमा १३ जना रहेको रेडक्रसका कर्मचारी पूर्णचन्द्र श्रेष्ठले जानकारी दिए। रेडक्रस सोसाइटी रक्तसंचार सेवा सुनसरीको प्राविधिक टोलीको सहयोगमा ६३ पिन्ट व्लड संकलन गरिएको हो।

संकलन गरिएको व्लड विपि स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिने र तेह्रथुमबाट उपचारका लागि जाने बिरामीको लागि जिल्ला शाखाको सिफारिसमा प्रदान गरिनेछ। यहाँ रहेका सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेड र भिजन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेका हुन्।

Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
सोमवार, पौष १४, २०८२