Aamsanchar

ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

Author Image
बिहिवार, माघ ३, २०७५

खोटाङ ।

खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा सोरखानीमा ट्रयाक्टर दुर्घटनामा परी एक जना मृत्यु भएको छ।

दुर्घटनामा बाराहापोखरी गाँउपालिका–४ फाक्टाङका शक्ति श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। बुधबार साँझ साढे ६ बजे धर्तुङबाट वंशिलाघाटतर्फ दुर्घटना भएको हो।

श्रेष्ठको घट्नास्थलमै मृत्यु भएको र अन्य दुईजना घाइते भएको स्थानीय निश्चल खड्काले जानकारी दिए। घाइते दुवै जनालाई उपचारका लागि विराटनगर लगिएको छ।

Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
सोमवार, पौष १४, २०८२