Aamsanchar

अर्जुनधारामा कपडाको झोला बनाउने तालिम शुरु

Author Image
बिहिवार, माघ ३, २०७५

अर्जुनधारा।

जलेश्वर सामुदायिक सिकाई केन्द्र अर्जुनधारा–८को आयोजनामा सात दिवसीय कपडाको झोला बनाउने तालिम विहिबारदेखि शुरु भएको छ ।

चालु आर्थिक वर्षमा वडा नम्बर ८बाट विनियोजित बजेट एक लाख रुपैयाँको सहयोगमा स्थानीयस्तरमा रहेका महिलाहरुलाई सीप प्रदान गर्दै उनीहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्यले तालिमको आयोजना गरिएको केन्द्रकी अध्यक्ष पुनम सुवेदीले बताइन् ।

प्रशिक्षकद्धय निलम प्रधान र प्रमिला तिम्सिनाले सहजिकरण गर्ने तालिममा १० जनाको सहभागिता रहेको बताइएको छ । केन्द्रकी अध्यक्ष सुवेदीको अध्यक्षता र वडाध्यक्ष गोपीचन्द्र गौतमको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत केन्द्रकी उपाध्यक्ष देवकला प्रसाईंले गरेकी थिइन् ।

कार्यक्रममा नगर सामाजिक विकास समितिकी संयोजक दिलीप गुरुङ, नगर शिक्षा शाखा सहायक प्रमुख जानुका गुरागाईं, नगर महिला तथा बालबालिका विकास शाखा प्रमुख उमा अधिकारी, केन्द्रका संस्थापक अध्यक्ष कुमार भट्टराईलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन केन्द्रकी सचिव इन्दिरा दाहालले गरेकी थिइन् ।

Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
सोमवार, पौष १४, २०८२