दमक।

झापाको दमकमा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ ।

दमक– ६ स्थित रातो पुल बस्ने राजन न्यौपाने र छोरा विशाल न्यौपाने वीच घरायसी विषयमा बुधबार दिउँसो झगडा हुदाँ छोराको कुटपिटबाट ५८ बर्षिय बाबु राजनको मृत्युभएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

घरायसी विवादमा १८ बर्षिय विशालले बुबा राजन माथि एक्कासी कुटपिट गरेका थिए । कुटपिटबाट बुबाको छाती र टाउकोमा चोट लागेको थियो ।

कुटपिटबाट गम्भिर घाईते भएका उनको स्थानीय लाइफलाइन अस्पतालमा उपचार हुन नसकी विराटनगरस्थित न्यूरो अस्पतालतर्फ लैजादाँ बाटोमा मृत्युभएको इप्रका दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले वताए । कुटपिटमा संलग्न छोरालाई तत्काल पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Views: 201

