Aamsanchar

विवाहको रकम घर निर्माणमा

Author Image
बिहिवार, माघ १०, २०७५

धुलाबारी।

झापा मेचीनगरको धुलाबारीमा सम्पन्न भएको बिहेको जग्गेबाटै बेहुलाबेहुलीले धुलाबारीकी असहाय देबी मेचेको घर निर्माणका लागि एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

गौरादहका बेहुला रुपकराज कँडेल र मेचीनगर–७, जोरसिमल घर भएकी बेहुली मोनिका ओलीका परिवार समेतले बिवाहको खर्च कटाएर मेचेको निर्माणाधीन घरका लागि एक लाख नगद सहयोग गरेको देबी मेचे अभियानका संयोजक बिजय डालमियाले जानकारी दिए ।

धुलाबारीस्थित पासाङल्हामू स्मृति जेसीज प्रतिष्ठानमा सम्पन्न बिवाह कार्यक्रम चलिरहेकै बेला उक्त रकम अभियानका संयोजक बिजय डालमियालाई हस्तान्तरण गरिएको अभियानका सचिब टीकाराम मंग्रातीले बताए ।

१२ बर्ष अघि करेन्ट लागेर दाहिने हात गुमाएकी देबी मेचेको ५ दिनको सुत्करी अवस्थामा श्रीमान्को समेत मृत्यु भएपछि उनी असहाय बनेकी थिइन् । धुलाबारी बजारस्थित घोडापटिमा डेरा गरी बसेकी मेचेका दुई छोरीहरु छन् ।

मेचेको घर निर्माणका लागि कांग्रेस प्रबक्ता बिश्वप्रकाश शर्माको परिवारले किनिदिएको मेचीनगर–९मा रहेको ७ धुर जग्गामा अहिले घर निर्माणको काम चलिरहेको देवी मेचे अभियानका सदस्य सुशील आचार्यले बताए ।

Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर