Aamsanchar

खुदुनाबारीमा कृषि चुन वितरण

Author Image
बिहिवार, माघ १०, २०७५

अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका–३ स्थित खुदुनाबारीमा रहेको साना किसान कृषि सहकारी संस्थाले रासायनिक मल प्रयोगका कारण माटोको उर्वराशक्ति घटेको भन्दै संस्थामा आवद्ध कृषक समूहलाई कृषि चुन वितरण गरेँको छ ।

कृषकलाई उन्नत कृषि चुन भक्तपुर कार्यालयको सहयोगमा किसानलाई १२ सय बोरा कृषि चुन वितरण गरेको संस्थाका अध्यक्ष राधाकृष्ण खनाल( ज्ञानु) ले बताए ।

उन्नत कृषि चुन कार्यालयसँग ४ लाख १५ हजार ५० रुपैंयामा खरिद गरी वितरण गरिएको संस्थाले जनाएको छ । संस्थाले प्रतिबोरा एक शेयरधनी बराबर अनुदान ढुवानी व्यवस्थापनका लागि ५० रुपैंया दरले संस्थाले प्राप्त हुने गरी वितरण गरिएको अध्यक्ष खनालले बताए ।

क्षणिक उत्पादनको नाममा रासायनिक मलको कारण अम्लीयपनले जमिनको उर्वराशक्ति नष्ट हुने खत्तरा बढेकाले प्रत्येक शेयरधनीलाई वितरण गरिएको अध्यक्ष खनालले बताए । ०७५÷०७६ सुरुवात गरेका छौं । उनले भने– यसको उपयोगिता हेर्दै स्थानीय तह र सामुदायिक वनसँग समन्वय गरी जमिनलाई आर्गनिक तर्फ प्रोत्साहन गर्दै अघि बढ्ने लक्ष्य रहेको बताए ।

कृषि चुन वितरण कार्यक्रममा अर्जुनधारा वडा–३ अध्यक्ष जीवन कुमार भण्डारी, नेकपाका नेता योगेन्द्र आचार्य, उपाध्यक्ष जित बहादुर कुमाल, कार्यसमिति सदस्य नरेन्द्र मिश्र लगायतको सहभागिता रहेको संस्थाका मुख्य व्यवस्थापक गोपिकृष्ण लुइटेलले बताए ।

Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर