Aamsanchar

अर्जुनधारा जेसीजको छैंटौं पद हस्तान्तरण

Author Image
शुक्रवार, माघ ११, २०७५

अर्जुनधारा।

अर्जुनधारा जेसीज शनिश्चरेको छैंटौं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

जेसीजका अध्यक्ष अजयकुमार देवको अध्यक्षता र नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष महेश पौड्यालको प्रमुख आतिथ्यतमा आयोजित कार्यक्रममा अध्यक्ष देवले वर्ष २०१९का नवनिर्वाचित अध्यक्ष टीकाराम गौतमलाई जेसीज चेन लगाई पद हस्तान्तरण गरेको थियो ।

त्यसैगरी कार्यक्रममा भीमबाबु–राधाकृष्ण स्मृती पत्रकारिता पुरस्कारबाट जनआन्दोलन साप्ताहिकका संवाददाता इन्द्रकुमार राई र भीमबाबु–राधाकृष्ण स्मृती युवा पुरस्कारबाट मरणोपरान्त जेसी निर्मल काफ्लेलाई सम्मानित गरिएको थियो ।

त्यस्तै उत्कृष्ट जेसी कानुनी सल्लाहकार सुरेश थापा, उत्कृष्ट पदाधिकारी कार्यकारिणी उपाध्यक्ष भाष्कर भट्टराई, उत्कृष्ट संयोजक बिमला भट्टराई, पत्रकार देवू बाँनियालाई सम्मानित गरिएको कार्यक्रममा संस्थापक महासचिव कुमार भट्टराई र पूर्व महासचिव चन्द्र राना “लाफा”लाई मानार्थ सदस्य प्रदान गरिएको थियो ।


प्रतिनिधि सभा सदस्य धर्मशिला चापागाईं, जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष विनोद बस्नेत, प्याब्सन झापाका कोषाध्यक्ष छत्र कार्की, प्याब्सन नगरका अध्यक्ष रुद्रप्रसाद सिटौलालगायतको आतिथ्यता रहेको कार्यक्रममा प्रगति अङग्रेजी आवासिय विद्यालय, रुपरत्न मेमोरियल बोर्डीङ स्कूल र स्वस्तिका शिशु सदन अङग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।

बिमला भट्टराईले जेसीज आस्था वाचन, कार्यकारिणी उपाध्यक्ष भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव देवेन्द्र मैनाली र उर्मीला दाहालले गरेका थिए ।

Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर