Aamsanchar

एनीको जन्मोत्सव ‘अबाशिसके’मा

Author Image
शनिवार, माघ १२, २०७५

अर्जुनधारा।

विभिन्न सामाजिक कार्य गर्दै जन्मदिन मनाउने अभियानकाबिच झापाको अर्जुनधारा–१० कालिस्थान निवासी एनी गोम्देनले आफ्नो २०औं जन्मोत्सव अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा मनाएकी छिन् ।

वडाध्यक्ष एवम् युवा समाजसेवी बलदेवसिंह र अनिता गोम्देनकी सुपुत्री एनीले सोही नगरपालिका–६स्थित केन्द्रमा रहेका अपाङ्गता बालबालिका लागि नगद पाँच हजार एक सय सहित खाद्यान्न सामग्री उपलब्ध गराएकी थिइन् ।

अभिभावकद्धयका साथमा केन्द्रमा पुगेकी उनले केन्द्रका सञ्चालक कृष्णप्रसाद दुलाललाई नगदसहित उक्त सामग्रीहरु हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा नगर सभा सदस्य अर्जुन मेचे, नगर प्रमुखका स्वकीय सचिव गजेन्द्र खनाल, सुखानी शहीद स्मृती प्रतिष्ठानका व्यवस्थापक पुष्पलाल तिवारीलगायतको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा सहभागी वडाध्यक्ष गोम्देनले आगामी दिनमा उक्त केन्द्रलाई आवश्यक सहयोगको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Views: 261

प्रतिक्रिया (०)

सम्बन्धित खबर