Aamsanchar

भन्सार छलेर ल्याइएको दुई बोरा सुर्तीसहित पक्राउ

Author Image
शनिवार, माघ १२, २०७५

झापा,

भन्सार छलेर नेपाल भित्राइएको सुर्तीसहित एक कारोबारीलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले झापा गाउँपालिका २ सिमलबाडीमा सोही गाउँपालिका १ लसुना बस्ने कारोबारी ४२ वर्षीय अमृत गणेशलाई पक्राउ गरिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार अवैध बाटो प्रयोग गरी भारतबाट नेपाल भित्राइएको दूई बोरा सुर्ती र दुई टिन खाने तेल मे२प ६९७९ नम्बरको मोटरसाइकल राखेर ल्याइरहेको अवस्थामा गणेशलाई पक्राउ गरिएको हो।

पक्राउ परेका गणेश र बरामद गरिएको सामानलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाउने तयारी भइरहेको प्रहरी कर्यालय झापाले जनाएको छ।

Views: 241

प्रतिक्रिया (०)

सम्बन्धित खबर