Aamsanchar

झोलुङे पुलको शिलान्यास

Author Image
आइतवार, माघ १३, २०७५

भद्रपुर, 

अर्जुनधारा नगरपालिका–५ र ७ देखि मदनपुर जाने विरिङ खोलामा रु एक करोड १० लाखको लागतमा निर्माण हुन लागेको झोलुङे पुलको शनिबार शिलान्यास भएको छ ।

संघीय मन्त्रालयको बजेटअन्तर्गत निर्माण हुन लागेको सो पुलको सङ्घीय सांसद पवित्रा निरौला (खरेल)ले एक कार्यक्रमबीच शिलान्यास गर्नुभएको हो ।

एक सय ६० मिटर लम्बाइ र चार फिट चौडाइको सो पुल आगामी असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी युवराज डाँगीलाई ठेक्का लगाइएको छ ।

खुदुनाबारी, मदनपुर र अर्जुनधारावासीलाई वर्षात्को समयमा विरिङ खोलामा आउने बाढीका कारण आवतजावत गर्न समस्या भइरहेको हुँदा झुलुङे पुल निर्माण गर्न लागिएको अर्जुनधारा नगरपालिकाका प्रमुख हरि रानाले बताउनुभयो ।

Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर