Aamsanchar

बाघको हड्डी जस्तोदेखिने वस्तुसहित पक्राउ

Author Image
आइतवार, माघ १३, २०७५

काठमाडौँ,

काठमाडौँको दक्षिणकालीबाट बाघको हड्डी जस्तो देखिने वस्तुसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दक्षिणकाली नगरपालिका–१ बागधारा बस्ने ४२ वर्षीया सविता लामालाई बाघको हड्डी जस्तो देखिने वस्तु ५६ थानसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

विशेष सूचनाका आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी प्रभाग चाल्नाखेलबाट संयुक्त रुपमा खटिएको टोलीले शनिबार सविताको घरमा खानतलासी गर्दा सो वस्तु फेला पारेको हो ।

सोही विषयमा थप अनुसन्धानका लागि सिन्धुपाल्चोक चोगदे–७ बस्ने २६ वर्षीय अजय गुरुङलाई समेत बल्खुबाट पक्राउ गरिएको छ ।

Views: 204

प्रतिक्रिया (०)

सम्बन्धित खबर