Aamsanchar

जुवाखालबाट पाँच जुवाडे पक्राउ

Author Image
मङ्गलवार, माघ १५, २०७५

सुर्खेत, 

इलाका प्रहरी कार्यालय छिन्चुले गएराति भेरीगङ्गा नगरपालिका–१० टोलीखोला पुल नजिकको कटेजको जुवाखालबाट पाँच जुवाडे पक्राउ गरेको छ ।

नगद रु ४१ हजार ९०० सहित उनीहरुलाइक्षर्् नियन्त्रणमा लिई कानूनबमोजिम कारवाहीका लागि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

त्यसैगरी प्रहरीले सोमबार लागुऔषधसहित वीरेन्द्रनगर नगरपालिका–६ राधाकृष्ण मन्दिर नजिकबाट १९ वर्षीय समित अन्सारीलाई पक्राउ गरेको छ ।

Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर