Aamsanchar

रेखानगर कृषि समुहको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

Author Image
मङ्गलवार, माघ १५, २०७५

बिर्तामोड।

झापाको बिर्तामोड नगरपालिका–७ विरान टोलमा रहेको रेखानगर कृषि समुहको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा कृषि समुहको आईपिएम पाठशालाको समापन गरिएको थियो ।

रेखानगर कृषि समुह अध्यक्षका होमप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा आईपिएम प्रशिक्षक महेश तिम्सिानाले कृषि बालिका विषयमा कृषिकहरुलाई प्रशिक्षण दिएका थिए ।

१४ हप्तासम्म सञ्चालन भएको आईपिएम पाठशालामा किसानहरुलाई कृषि खेती र बालिनालीका विषयमा जानकारी गराईएको थियो । उक्त कार्यक्रममा सहभागि कृषकहरु प्रमाण–पत्र प्रदान गरिनुका साथै निःशुल्क बिउविजन समेत वितरण गरिएको थियो ।

कार्यक्रमा उपस्थित सबैलाई संस्थाका सह–सचिव जयनारायण खतिवडाले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सीता बस्नेत र यज्ञप्रसाद अधिकारीले संयुक्त रुपमा गरेका थिए ।

Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर