Aamsanchar

पशुपतिमा शहीद दिवस

Author Image
बिहिवार, माघ १७, २०७५

सुरुङ्गा।

पशुपति अंग्रेजी माध्यमिक विद्यालय सुरुङ्गामा शहीद दिवस विविध कार्यक्रमसहित मनाइएको छ । स्टुडेन्ट काउन्सिल अफ पशुपतिको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थी वीच विभिन्न प्रतियोगिताहरु गरिएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुण्यप्रसाद उप्रेतीको प्रमुख आतिथ्य र काउन्सिलका अध्यक्ष शिक्षा सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरु निकिता सापकोटा र अंकिता भट्टराईले बहुवक्तृता प्रस्तुत गरेका थिए ।

कार्यक्रममा छात्र दीपदर्शन खडका, छात्रा अनुषा ओली, शिक्षक एन.पी. लामिछाने लगायतले शहीदहरुको भूमिका र वर्तमान पुस्ताले गर्नुपर्ने दायित्वको बारेमा मन्तव्य राखेका थिए । कार्यक्रममा शिक्षक दीपांकर सेनेहाङ, विद्यार्थीहरु सोनु तामाङ, युवराज मिश्र, अस्मिता श्रेष्ठ, आदर्श ओझा, सुशान्त पोखरेल लगायतले गीत, नृत्य, कविता, प्रहसन लगायतका प्रस्तुतिहरु राखेका थिए ।

सो अवसरमा सम्पन्न कविता प्रतियोगितामा प्रमिश कोइराला प्रथम, गरिमा चुडाल द्वितीय र सुशान्त पोखरेल तृतीय भएका थिए । त्यसै गरी, चित्रकला प्रतियोगितामा निम्न माध्यमिक तहतर्फ रोहन कडेंल प्रथम, रिया कार्की द्वितीय र कृतज्ञ कटुवाल तृतीय भएका थिए भने प्राथमिक तहतर्फ सचिता तामाङ प्रथम, जेम्सहाङ लिम्बू द्वितीय र कृतिका ओली तृतीय भएका थिए ।

विद्यालयका शिक्षक, कर्मचारी, अभिभावकहरुको उपस्थिति रहेको कार्यक्रम विद्यार्थीहरु निरुषा उप्रेती र संस्कृति सुवेदीले सञ्चालन गरेका थिए ।

शहीद दिवसकै अवसरमा कनकाई माध्यमिक विद्यालय सुरुङ्गामा पनि एक कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक गोपीकृष्ण भट्टराई, शिक्षक राजेन्द्र खनाल र विद्यार्थी जयन्द्रजलन चापागाईले शहीदको बलिदान र उनीहरुको शहादतबाट सिक्नुपर्ने शिक्षाका बारेमा बोलेका थिए भने शिक्षक तुलसीराम खरेलले शहीदको गाथा समेटिएको गीत प्रस्तुत गरेका थिए ।

Views: 195

प्रतिक्रिया (०)