Aamsanchar

सवारी दुर्घटनामा परी एकको मृत्यु, दुई जना घाईते

Author Image
शनिवार, माघ १९, २०७५

सुनसरी ।

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाईते भएका छन् ।

शुक्रवार बेलुका धरानबाट पानमारा जाँदै गरेको को १९ प १२३८ नम्बरको मोटरसाईकलले पैदलयात्री धरान ५ बस्ने ५३ बर्षीय जीतबहादुर लिम्बुलाई ठक्कर दिंदा उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

मोटरसाईकल र चालक प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै सुनसरीकै देवागञ्जमा भएको दुर्घटनामा परी दुई जना गम्भीर घाईते भएका छन् ।

शुक्रवार बेलुका देवानगञ्जबाट बिराटनगरतर्फ जाँदै गरेको को ३ प १५७० नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साईकललाई ठक्कर दिंदा साईकल चालक देवानगञ्ज ६ का १९ बर्षीय सुधिर मेहेता र मोटरसाइकल चालक देवानगञ्ज ३ का १९ बर्षीय मिथ्लेश यादव गम्भीर घाईते भएका हुन् ।

घाईते दुवै जनाको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय देवानगञ्जले जनाएको छ ।

Views: 111

प्रतिक्रिया (०)