Aamsanchar

विद्युत् प्राधिकरणलाई जग्गा दान

Author Image
आइतवार, माघ २०, २०७५

इनरुवा,

नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रलाई हरिनगर गाउँपालिका–४ का राजकुमार मेहता कोइरीले कार्यालय भवन निर्माणका लागि एक कठ्ठा जग्गा निःशुल्क दान दिनुभएको छ ।

करीब रु ४० लाख मूल्य बराबरको सो जग्गा कोइरीले निःशुल्क रूपमा दान दिएको नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रका प्रमुख सञ्जीवकुमार साहले जानकारी दिनुभयो । मेहताले आफ्नो स्वर्गीय आमा सम्झादेवी मेहताको सम्झनास्वरुप हरिनगर गाउँपालिका–४ मा रहेको ४ख कित्ता नं ३९२ र ३९३ भएको एक कठ्ठा जग्गा प्राधिकरणलाई दान दिनु भएको हो ।

सुनसरीको हरिनगर गाउँपालिकालगायत आसपास क्षेत्रमा सर्वसुलभ विद्युत् सेवा पु¥याउन त्यो क्षेत्रमा प्रशासन शाखा निर्माण गर्नका लागि जग्गा दान दिएको प्रमुख साहले बताउनुभयो । जग्गादाता कोइरीलाई सहयोगी भावनाको उच्च मूल्याङ्कन गर्दै प्राधिकरणले कदरपत्र र दोसल्लासहित सम्मान गरेको छ ।

Views: 217

प्रतिक्रिया (०)