Aamsanchar

घुससहित रेञ्जर पक्राउ

Author Image
शुक्रवार, माघ २५, २०७५

काठमाडौँ, 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगञ्ज सव डिभिजन वन कार्यालय बाँकेका रेञ्जर जसवीर खत्रीलाई रु १० हजार घुस लिएको अभियोगमा पक्राउ गरिएको छ ।

निजी जग्गामा लगाइएका विभिन्न जातका गोलिया काठ टाँचा लगाई छुटपूर्जी दिने प्रयोजनका लागि सेवाग्राहीसँग रु १० हजार घुस मागेको अभियोग रेञ्जर खत्रीमाथि लागेको छ ।

आयोगले घुस लिने र दिने कार्यमा सहयोग पु¥याएको भन्दै फरेस्टरद्वय बलबहादुर केसी, केशवबहादुर वली र वन रक्षक हरिकुमार चन्दलाई समेत पक्राउ गरेको हो । उनीहरुलाई घुस रकमसहित बुधबार पक्राउ गरिएको भए पनि आज सार्वजनिक गरिएको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।

यस्तै सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक इन्द्रबहादुर चन्दको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा आयोगले आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

Views: 139

प्रतिक्रिया (०)