झापा ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मेची ब्युरोले अभियानका क्रममा २४ गते पाँचथरको रविबजारबाट गिरफ्तार गरिएका जनकलाकार कुमार थामी र लक्ष्मण तामाङलाई तत्काल रिहा गर्न माग गरेको छ ।

मेची ब्युरो इन्चार्ज सुमन लिम्बूले जारी गरेको विज्ञप्तिमा नेकपाको विचार र राजनीतिको लोकप्रियताबाट आतङ्कित दलाल सरकार आफ्नो सत्ता रक्षाका लागि क्रान्तिकारीहरूमाथि पञ्चायती मण्डले शैलीमा धरपकड र गिरफ्तार गर्न लागिपरेको उल्लेख छ ।

विज्ञप्तिमा पाँचथरका जिल्ला प्रशासन प्रमुख प्रकाशचन्द्र अधिकारी र डीएसपी नरेन्द्र कुँवरले अभियान भाँड्नका निम्ति सुनियोजित योजना बनाएर लागेकोसमेत उल्लेख छ ।

जनकलाकारहरूलाई बिनासर्त तत्काल रिहाइको माग गर्दै लिम्बूले रिहा नगरिए कडा सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनी दिएका छन् ।
Views: 291

