

झापाको अर्जुनधारा नगरपालिका वडा नं. १,२ र ३ लाई लक्षित गरी एकिकृत घुम्ति शिविर सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिकाको आयोजना जिल्ला प्रशासन कार्यालय झापाको संयोजनमा एकिकृत घुम्ति शिविर सञ्चालन भएको हो ।

शिविरमा वडा नं. १,२ र ३ का करिव २५ सय आम सर्वसाधारण नागरिकहरुले सेवा लिएका छन । शिविरमा नागरिकता वितरण, फोटो सहितको मतदाता नामावली संकलन, निशुल्क आँखा शिविर, साल्टट्रेडिङ कर्पोरेसन द्वारा आयोडिन युक्त नुन वितरण, मानव स्वास्थ्य शिविर, आयुर्वेद स्वास्थ्य शिविर, ससस्त्र प्रहरीवल हेड क्वाटर झापा २ नम्वर गण वाट विपद ब्यवस्थापनका लागि नागरिकहरु समक्ष प्रविधिको प्रश्तुती, सर्प दंश प्राथमिक उपचार विधिको जानकारी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापा वाट पशु स्वास्थ्य तथा वाँझोपन निवारण शिविर, कृषि ज्ञान केन्द्र झापा वाट घुम्ति वालि उपचार शिविर, माटो रिक्षण लगायतका सेवाहरु प्रवाह भएका थिए ।

अर्जुनधारा नगरपालिकाका प्रमुख तथा मेयर हरिकुमार राना र जिल्ला प्रसासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी जनक राज दाहाल, उपमेयर कमला खतिवडा, वडा नं. ३ का वडा अध्यक्ष जिवकुमार भण्डारी वाट नागरिकता वितरण गरेर शिविरको उध्घाटन गरेका थिए । नागरिकहरुलाई घर घरमा सेवा प्रवाह गर्ने उध्येश्य राखेर शिविर सञ्चालन गरेको वताउदै अर्जुनधारा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष जिवकुमार भण्डारी भन्छन स्थानिय सरकार नागरिकहरुका घर दैलोमा आएको अनुभुति गराउदै सहज तवरले सेवा प्रवाह गर्न शिविर सञ्चालन गरेको वताए ।

आफुलाई आँखाको समस्या परेको तर आँखा अस्पताल जान नसकेको वताउदै अर्जुनधारा ३ का युवराज दुलाल भन्छन मेरो आँखा घर आगनमै आएको शिविरमा जाँच गर्न पाउँदा खुसी छु । यहि मौकामा छोराको फोटो सहितको मतदाता नामावली पनि वनाउन पाइयो । अर्जुनधारा ३ कै अर्का स्थानिय नागरिक पुष्पलाल वाँस्कोटा पनि आँखाको उपचार सँगै नातिनिको नागरिकता वनाउन सहज भएकोमा दंग थिए । स्थानिय जनता माध्मीक विद्यालयको प्राङ्गढमा सञ्चालित शिविर वाट नागरिकहरुलाई जिल्ला धाउनु पर्ने झन्जट वाट मुक्ति मिलेको प्रधानाध्यापक जय प्रकाश भण्डारीको भनाइ छ । त्यसै गरी जन प्रतिनिधि निर्मला घिमिरेले शिविरको वारेमा ब्यापक प्रचार प्रसार गरेको वताउदै स्थानिय नागरिकले भरपुर फाइदा उठाउने विश्वास ब्यक्त गरिन ।

