Aamsanchar

कार्यकर्ता प्रशिक्षणका लागि विप्लव पूर्वमा

Author Image
आइतवार, माघ २७, २०७५

बिर्तामोड ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव केही दिनदेखि पूर्वी जिल्लाको भ्रमणमा निस्किएका छन् ।

पार्टीको पूर्वी कमाण्ड मेची, कोशी, सगरमाथा र जनकपुर अञ्चलका अगुवा कार्यकर्तालाइ दिन महासचिव विप्लव प्रदेश १ र २को दौडाहमा रहेको विप्लव नेतृत्वको कम्युनिस्ट पार्टिको बिश्वस्त श्रोतले जनाएको छ ।

आगामी माघ २४ गते जनकपुरमा अगुवा कार्यकर्तासँग सिन्धुली मरिन क्षेत्रमा प्रशिक्षण दिएर हिँडेका विप्लव माघ २५ गते कोशीका अगुवा कार्यकर्तासँगको भेटमा व्यस्त रहेको पार्टी निकट स्रोतले जानकारी दिएको छ ।

माओवादी स्रोतका अनुसार विप्लव मेची अञ्चलका कार्यकर्तासँगको भेटका लागि पूर्वी जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङ क्षेत्रमा रहेको विप्लव माओवादीले प्रष्ट पारेको छ ।

अर्धभूमिगत अवस्थामा रहेका विप्लवलाइ सरकारले धुंइ धुंइ खोजेपनी उनी कार्यकर्ता प्रशिक्षणमा सक्रिय रहेको स्रोतले जनाएको छ ।

Views: 260

प्रतिक्रिया (०)