Aamsanchar

कांकरभिट्टामा फागुन १८ बाट कला–साहित्य उत्सव

Author Image
बिहिवार, फागुन २, २०७५

नरेन्द्र ढकाल/ बिर्तामोड।

झापामा कला–साहित्य उत्सव गर्दै आएको रिडर्स झापाले यो वर्ष पनि काँकरभिट्टामा कार्यक्रम गर्ने तयारी गरेको छ ।

बिहिबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै हरेक दुई वर्षमा गरिने उत्सवको चौथो संस्करण आउँदो फागुन १८ देखि २० सम्म गरिने आयोजक समितिका संयोजक हरि तिम्सिनाले बताए ।

पूर्वी सीमा–सहर काँकरभिट्टामा उत्सव गरेर रिडर्स झापाले प्रशंसा बटुलि सकेको छ । कला साहित्य उत्सव आयोजना गर्दा धेरै विषयहरुमा आ–आफ्नो प्रस्तुतिहरु राख्ने तथा हरेक क्षेमा निखारता आउने भएकाले यो उत्सव साँच्चैको उत्सव बन्ने रिडर्स झापाका उपाध्यक्ष दामोदर ढुङ्गेलले बताए ।

अघिल्ला संस्करणहरूमा जस्तै यो वर्ष पनि विभिन्न विषयहरूमा प्यानल छलफल, अनुभव र ज्ञानले सम्पन्न विद्वानहरूका सम्भाषण, चित्रकला प्रदर्शनी, फोटो प्रदर्शनी, नेपालका भूराजनीतिक पहेली, समाचार,झुट समाचार, खरिद समाचार जस्ता कलाका विभिन्न विधालाई उत्सवमा समेटिने रिडर्स झापाका सचिव शौरभ मैनालीले बताए ।

कला साहित्य उत्सवमा सङ्गीत र नाटक विधा तथा विभिन्न अन्य विषय वस्तुलाई समेटेर कांकरभिट्टामा तीन दिनसम्म खुल्लाहरुमा सहित्य उत्सव गर्ने आयोजक समितिका सदस्य सागर शिवाकोटीले बताए ।

करिब १२ लाख रुपैंयाको लागत अनुमान गरिएको कार्यक्रममा देश–विदेशका बौद्धिक ब्यक्तित्वहरुको जमघट हुने बताइएको छ । कांकरभिट्टा स्थित खानेपानी संस्थाको सभाहलमा हुने कार्यक्रममा प्रवेश निःशुल्क गरिएको रिडर्स झापाका सदस्य उमेश बरालले बताए ।

Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर