Aamsanchar

विष्णुमति देखि बौद्ध सम्म केबलकार बनाउन फ्रान्स इच्छुक

Author Image
सोमवार, साउन ३१, २०७३

काठमाडौँ ।

फ्रान्सेली सरकारले विष्णुमती सपनतीर्थ मुहानदेखि बौद्ध स्तूपसम्म केबलकार निर्माणका लागि इच्छा प्रकट गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकसँग आज फ्रान्सेली राजदूत भेस कारमोनाले मन्त्रालयमा भेटी यस्तो इच्छा प्रकट गर्नुभएको हो । सो मार्गमा केबलकार चलाउने सम्बन्धमा डेढ महिनाअघि फ्रान्सेली सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा सम्भाव्यता अध्ययन गरिएको मन्त्रालयका वैदेशिक समन्वय महाशाखा प्रमुख सहसचिव विष्णुओम वादेले जानकारी दिनुभयो ।

नेपाल र फ्रान्सबीच सन् १९५९ देखि दौत्य सम्बन्ध स्थापना भएको हो । मन्त्री लेखकले फ्रान्स सरकारको सहयोगमा विष्णुमतीदेखि बौद्धनाथसम्म केबलकारको सम्भाव्यता अध्ययन भएकामा धन्यवाद दिँदै सोको निर्माण प्रक्रिया अघि बढाउन फ्रान्स सरकारको सहयोगको अपेक्षा गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर