Aamsanchar

रक्सी पिएर गाडी चलाउने बढे/ झापा र मोरङमा महिला पनि कारबार्हीमा, सात महिनामा ५७६३ ट्राफिकको फन्दामा

Author Image
बुधवार, फागुन ८, २०७५

नरेन्द्र ढकाल / बिर्तामोड ।

एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांक हेर्दा मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउनेहरुको संख्या बढेको पाइएको छ ।

मदिरा सेवन गरेर सवारीसाधन चलाउनु गलत कार्य हो । यो नबुझ्ने चालक कोही नहोला तर अनेकौ बहानामा चालकले मदिरा सेवन गरेर सवारीसाधन चलाउनेहरु दिन प्रतिदिन बढिरहेका छन् । आर्थिक वर्ष २०७४–७५ मा मदिरा सेवन गरेर सवारी साधन चलाएपछि ३ हजार ८ सय ८६ जना कारबार्हीमा परेका थिए । ट्राफिक प्रहरीले मापसे गरेर सवारी सञ्चालन गर्नेहरुलाई कारबार्ही अभियान तिब्र बनाएसंग चालु आर्थिक वर्ष २०७५–७६ को माघ मसान्त सम्ममा ५ हजार ७ सय ६३ जना कारबार्हीमा परिसकेका छन् ।

गत वर्ष मदिरा सेवन गरेर सवारी साधन सञ्चालन गर्नेहरुबाट ३८ लाख ९३ हजार रुपैंया राजश्व संकलन गरेको ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको ७ महिनामा नै ५७ लाख ६७ हजार पाँच सय रुपैंया राजशव संकलन गरिसकेको छ । ट्राफिक प्रहरीले मापसे गरी सवारी हाँक्ने चालकलाई लिँदै आएको जरिवाना पनि दोब्बर पारेको छ ।

पहिले ५ सय मात्र रहेको मापसेबापत जरिवाना अहिले एक हजार पुगेको छ । सँगै एक घण्टा सचेतना कक्षा भने यथावत नै राखेको छ । अझ मादक पदार्थ सेवन गरी सवारी चलाउँदा ५ पटकसम्म पक्राउ परेकाको तथ्यांक पनि ट्राफिक प्रहरीसँग छ । त्यस्ता चालकलाई ६ महिनासम्म अनुशासन कारबाही गरी नयाँ लाइसेन्सको लागि स्वीकृति दिन्छ ।

मादक पथार्थ सेवन गरेर गाडी चलाउनेमा नीजि गाडी र मोटरसाइल चालक मात्र नभएर एम्बुलेन्स, स्कुल बस र सरकारी सवारीसाधन समेत रहेको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका ट्राफिक प्रहरी प्रमुख रविकुमार पौडेलले बताए ।

चालकमा चेतना नभएको भन्दा पनि हेपाहा प्रवृत्तिका कारण मापसे गरेर सवारीसाधन चलाउने गरेको एक नम्बर ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए । कारबाहीमा पर्नेहरुमा महिला भन्दा परुषहरुको संख्या बढी छ । सरकारी सवारी चालक र एम्बुलेन्स चालक नै बेला–बेला मापसे कारबाहीमा पर्नु लापरबाहीको पराकाष्ठा भएको ट्राफिक प्रहरीहरु बताँउछन् ।

दुर्घटना न्यूनिकरणलाई मध्यनजर गर्दै ट्राफिक नियमबारे सडक प्रयोगकर्तामा ज्ञानको अभाव तथा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, लेन अनुशासन पालन नगरी सवारी साधन चलाई ट्राफिक कारबाहीमा परेका सवारी चालकहरुका अनिवार्य रुपमा ट्राफिक सचेतना कक्षा सञ्चालन गरिँदै आएको छ ।

कार्यालयले सवारी दुर्घटना न्यूनिकरण अभियान अन्र्तगत कारबाहीमा परेका चालकहरुलाई सचेतना कक्षा सञ्चालन गर्दै आएको छ भने मापसेलगायत अन्य जाँचलाई समेत कडाई गरेको छ । तर संख्या भने घटेको छैन ।

झापा र मोरङमा महिला पनि मापसे कारबार्हीमा

काठमाण्डौं उपत्यकामा मादक पथार्थ सेवन गरेर गाडी चलाउने महिलाको संख्या बढ्दै गइरहेका बेला झापा र मोरङमा समेत कारबार्हीमा परेका छन् ।

मादक पथार्थ सेवन गरेर गाडी चलाएको अवस्थामा गत आर्थिक वर्ष २०७४–७५ मा ६ जना महिलालाई जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले कारबार्ही गरेको छ । उता मोरङमा भने चार जना महिला कारबार्हीमा परेका थिए । ३ हजार ८८६ जना कारबार्हीमा पर्दा १० जना भने महिला चालक रहेको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

पूर्वका १४ जिल्ला मध्ये दुई जिल्लामा मात्रै महिला चालक कारबार्हीमा परेका हुन् । यस्तै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा झापामा तीन जना र मोरङमा एक जना गरेर चार जना महिला मापसे कारबार्हीमा परेको ट्राफिक प्रहरी निरीक्षक गिरीले जानकारी दिए ।

झापामा मापसे कारबार्ही धेरै

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई सहारा नेपालले ब्रेथलाइजर उपलब्ध गराएसंगै झापामा मादक पथार्थ सेवन गरेर गाडी चलाउनेहरु ठाँउका ठाँउ कारबार्हीमा पर्न थालेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश राईका अनुसार सहाराले उपलब्ध गराएको ब्रेथलाइजरले मापसे गरेको भए कति सेवन गरेको छ भन्ने थाहा हुने र चालकलाई कारबार्ही गर्न सजिलो भएको छ । झापामा ट्राफिक प्रहरीले सचेतना कार्यक्रमसंगै कारबार्ही अभियानलाई समेत तिब्र बनाएका कारण झापामा मापसे गर्नेहरु धेरै कारबार्हीको दायरामा आएको प्रहरी निरीक्षक राईको भनाई छ ।

उनी भन्छन्– कारबार्ही नगरेको भएसंग घट्न सक्थ्यो होला हामीले बिहान देखि रातीसम्म अवस्था हेरेर ठाँउ–ठाँउमा चेकिङ्ग गरेकाले धेरै चालक कारबार्हीको दायरामा आएका हुन् । गत आर्थिक वर्ष २०७४–७५ मा एक हजार ३०६ जना मापसे कारबार्हीमा परेका थिए भने चालु आर्थिक वर्षको ७ महिनामा एक हजार ७७६ जना चालक मापसे कारबार्हीमा परिसकेको ट्राफिक प्रहरी निरीक्षक राईको भनाई छ ।

दुर्घटना संख्या घट्यो

एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार पूर्वका झापा सहित मोरङ,सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, संखुवासभा, भोजपुर, तेह्रथुम लगायतका १४ जिल्लामा सवारी दुर्घटना संख्यामा कमी आएको छ ।

ट्राफिक प्रहरीको सक्रियतासंगै कारबार्ही अभियानलाई तिब्रता दिएपछि पूर्वका दुर्घटनामा कमी आएको प्रदेश–१ ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक गिरीको भनाई छ । उनका अनुसार गत आर्थिक वर्ष २०७४–७५ मा एक हजार २७९ वटा सवारी दुर्घटना हुदाँ ४२४ जनाले ज्यान गुमाएका थिए ।

चलु आर्थिक वर्षको ७ महिनामा ७४१ वटा सवारी दुर्घटना भएका छन् । जसमा १९५ जनको मृत्युभएको जनाइएको छ । ट्राफिक प्रहरीका अनुसार दुर्घटना संख्यामा कमी आएपनि मापसे गरेर सवारी सञ्चालन गर्ने, ट्राफिक नियम उल्लघन गर्नेहरु भने अटेर गर्दै सवारी सञ्चालन गरिरहेका छन् ।

Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर