Aamsanchar

नेकपाले कार्यदलको म्याद थप तथा आगामी रणनीतिबारे छलफल गर्दै

Author Image
शुक्रवार, फागुन १०, २०७५

काठमाण्डौं ।

पार्टीको तल्लो कमिटीको एकता प्रक्रियालाई गति दिन गठित कार्यदलको म्याद थप तथा आगामी रणनीति तय गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज पुनः बस्दैछ ।

राजधानीको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा केहिबेरपछि बस्ने बैठकमा कार्यदलको म्याद थप गर्नेरनगर्ने तथा अब कसरी अघि बढ्ने भन्ने बिषयमा छलफल हुने सचिवालय सदस्य समेत रहनुभएका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो ।

कार्यदलले पुर्ण प्रतिवेदन बुझाउन १ साताको समय आबश्यक रहेको भन्दै हिजोको बैठकमा समय माग गरेको थियो । यद्यपी सचिवालय सदस्यहरु म्याद थप गर्नेरनगर्ने भन्ने बिषयमा विभाजित भएकाले सहमति जुट्न सकेको छैन । कार्यदलले हालसम्म गरेका कामको प्रतिवेदन सहित हिजोको बैठकमा बुझाएको सुझावका सम्बन्धमा पनि सचिवालय बैठकमा छलफल हुने नेता खनालले बताउनुभयो ।

पटक–पटक म्याद थप्दा पनि कार्यदलले अन्तिम प्रतिबेदन दिन नसकेपछि नेकपामा तल्लो कमिटिको एकता प्रक्रिया अन्योलमा पर्दै गएको छ । कार्यदल समस्य बेदुराम भुषालले भने मापदण्ड निर्माणको क्रममा रहेकाले त्यसलगत्तै एकता प्रक्रियाको बाँकी काम टुंगीने बताउनुभयो । कार्यदलले मुख्य गरी एकताको मापदण्ड निर्माणमा समय खर्चिएकाले समय लागेको भुषालको भनाई छ ।–रेडियो कान्तिपुरबाट

Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर