Aamsanchar

सेविकालाई मिस बाल्मीकिको उपाधि

Author Image
शनिवार, फागुन ११, २०७५

बिर्तामोड ।

झापाको बिर्तामोड १ स्थित बाल्मिकी एजुकेशन फाउण्डेशनले आयोजना गरेको मिस बाल्मिकीको उपाधि सेविका बनले हात पारेकी छिन् ।

सोहि बिद्यालयमा बीबीएमा अध्ययनरत् सेविकाले अन्य १३ जना प्रतिष्पर्धीलाई पछि पार्दै उपाधि हात पारेकी हुन् । उपाधि सँगै उनले १० हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्राप्त गरिन् ।

त्यस्तै प्रतियोगिताको फस्ट रनर अप कक्षा १२ मा अध्ययनरत् उषा उप्रेती, घोषित भइन् । उनले उपाधिसँगै सात हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्राप्त गरिन् । त्यस्तै सेकेण्ड रनरअप कक्षा ११ मा अध्ययनरत् ममता खड्का घोषित भइन् । उनले उपाधिसँगै पाँच हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्राप्त गरिन् ।

सञ्चारकर्मी उमाकान्त खनाल, ड्रेस डिजाइनर विवेश राई, तपस्या बस्नेत, सजेश शिवाकोटी लगायतको निर्णायक टोलीले उनीहरुको छनौट गरेको थियो । प्रतियोगिताको कोरियोग्राफर सुष्मिता बस्नेतले गरेकी थिइन् ।

विजयी विद्यार्थीहरुलाई वाल्मिकी एजुकेशन फाउण्डेशनका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत, निर्देशक आनन्दकुमार बस्नेत, बाल्मिकी लिंकन कलेजका प्रमुख किशोरकुमार बस्नेत, पूर्वाञ्चल दैनिकका डेक्स सम्पादक लक्ष्मण ढकाल, प्रिन्सिपल विष्णु सिंघल लगायतले पुरस्कार वितरण गरेका थिए ।

विद्यालयका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतको अध्यक्षता तथा बिर्तामोड–१ का वडाध्यक्ष अग्नीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल विष्णु सिंघलले स्वागत गरेका थिए ।

कार्यक्रममा कक्षा ११ देखि बीबीएसम्म अध्ययनरत् विद्यार्थीहरुले गीत, नृत्य प्रस्तुत गरेका थिए । विद्यार्थीहरुमा अन्तरनिहीत प्रतिभाको प्रष्फुटन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतले बताए ।
कार्यक्रमको सञ्चालन शिक्षक तथा पत्रकार लक्ष्मण ढकाल र विद्यार्थीहरु समा प्रसाईं, नम्रता मगर र धनञ्जय पोद्दारले गरेका थिए ।

Views: 279

प्रतिक्रिया (०)

सम्बन्धित खबर