विनोद पाण्डे



चारपाने,फागुन १२ । झापाको भद्रपुर नगरपालिका वडा नं ३ स्थित धिमाल धुरा गाउँमा रेविज रोगको महामारी फैलिएको छ ।
तिन दिन यता देखि सो गाउँमा सातवटा पशु रेविजकार कारण मरिसकेको र अरु कति पशुमा रोग सरेको छ भन्ने यकिन भई नसकोको भद्रपुर पशु स्वास्थ्य प्राविधिक गणेश भट्टराईले जानकारी दिए ।

कराउने उर्फने लक्षण देखा परेको केही समयमै पशुको मृत्यु हुनेक्रम एक पछी अर्को भएपछी गाउँका मानिसमा पनि रोग सर्ने होकी भनेर संत्रास फैलिएको छ । पशुको रेखदेख गर्ने क्रममा मानिसमा पनि रेविज सर्ने भएकोले अहिले धिमाल धुरावासी मानसिक रुपमा भएवित बनेका छन । छाडाकुकुर राती घर घरमा आएर थलामा बाधिएका र दिउसो चरनमा गाई, बाख्रा, रागा लगायतका पशुलाई मुख लगायतका अंगमा टोकेको प्रत्यक्ष देखेकी स्थानिय धनी मर्डीको ५० हजार बरावरको लैनोगा“ई पनि मरेको छ, उनमा गाई मर्नुको भन्दा आफै मरिने पो होकी भन्ने डर भएको मर्डी बताउछिन ।

हिजो रेविज लागेको संखामा एक भुसिया कुकुरलाई गाउँलेले मारिसकेका छन । अझै कति कुकुर र जनावर रेविजको सिकार भएका छन भन्ने यकिन गर्न नसकिएको वडा अध्यक्ष कमला थुलुङले बताईन । गाउँमा भकाभक पशु पर्न थालेपछि गाउँका सबैका पशु मर्ने डरले गाउँलेले चलनचल्तीको भाउँभन्दा आधा दाममा भटाभट होडबाजी रुपमा पशु बिक्री गर्न थालेको स्थानिय सम्शेर तामाङ बताउछन ।
उता भद्रपुर नगरपालिकाले सो गाउ“मा पशु चिकित्सको टोली पठाएर तत्काल देखिएको रेविजरोगको नियूनिकरणका लागि पशुलाई एण्टी भ्याक्सिन दिन सुरु गरेको र मानिसका लागि मेची अस्पतालमा उपचारको व्यवस्था मिलाईएको नगर प्रमुख जीवन श्रेष्ठले बताए । गाउँमा वृद्ध, असक्त, गर्भवती सुत्केरीहरुलाई भद्रपुर पुग्न यात्रा कठिन हुने भन्दै स्थानियले भ्याक्सिन गाउँकै स्वास्थ्य केन्द्र मार्फत उपलब्ध गराईदिन नगरपालिका संग माग गरेका छन ।

