Aamsanchar

अर्थमन्त्री डा. खतिवडाद्वारा आर्थिक कार्यविधि विधेयक प्रस्तुत

Author Image
मङ्गलवार, फागुन १४, २०७५

काठमाडौं,

प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०७५’ प्रस्तुत गरेका छन। उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई बैठकमा बहुमतले अस्वीकृत गरेको थियो।

यसैगरी अर्थमन्त्री डा. खतिवडाले बैठकमा प्रस्तुत गरेको ‘भुक्तानी तथा फछ्र्यौट विधेयक २०७५’ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो।

बैठकले अर्थमन्त्री डा. खतिवडाले प्रस्तुत गरेको ‘सूचना प्रविधिसम्बन्धी विधेयक २०७५’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्रीका तर्फबाट अर्थमन्त्री डा. खतिवडाले उक्त प्रस्ताव प्रस्तुत गरेका  थिए। प्रतिनिधिसभाको अर्को बैठक फागुन १६ गते दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ

Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर