Aamsanchar

जुवाखालबाट सोह्र जना पक्राउ

Author Image
मङ्गलवार, साउन ३२, २०७३

juwade

भक्तपुर ।

महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब निरीक्षक विश्व श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले जुवाखालबाट दुई महिलासहित १६ जनालाई पक्राउ गरेको छ ।

गए राति सूर्यविनायक नगरपालिका–५ पान्डुबजारकी माइली तामाङका घरमा जुवातास खेलाइरहेको जानकारी पाएलगत्तै गएको प्रहरी टोलीले जुवाडे र रु १० लाख ५८ हजार २६० नियन्त्रणमा लिएको प्रहरी वृत्त जगातीले जनाएको छ ।

पक्राउ परेकालाई आज जुवा ऐनअन्तर्गतको कसुरमा भक्तपुर जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान सुरु गरिएको प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर