Aamsanchar

नयाँ ढंगबाट देशमा माओवादी विद्रोहको पुनरागमन : अध्यक्ष थापा

Author Image
बुधवार, फागुन १५, २०७५

भद्रपुर,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सरकारविरुद्ध नभएको प्रस्टाएका छन्। भोलि (बुधबार) देखि ताप्लेजुङबाट शुरु हुन गइरहेको राप्रपाको १५ दिने राष्ट्रिय स्वाभिमान यात्रामा सहभागी हुन झापा आएका राप्रपाका अध्यक्ष कमल थापाले मंगलबार भद्रपुर विमानस्थलमा झापाली पत्रकारसँग गरेको संक्षिप्त कुराकानीमा उक्त कुरा प्रस्टाएका हुन्।

‘सरकारसँगै कुनै राजीनितक दल, धर्म वा सम्प्रदायविरुद्ध नभई २०६२/०६३ को जनआन्दोलन पश्चात परिर्वतनलाई संस्थागत गर्ने क्रममा देशमा महत्व पूर्ण राजनीतिक परिवर्तन भएर जुन बाटोबाट देशलाई हिडाउन खोजियो। यो १२ वर्षको अवधिमा त्यहाँ कमि कमजोरीहरू देखिए’, अध्यक्ष थापाले भने, ‘त्यसलाई सच्याउनु पर्ने मागसहित मेची–महाकाली यात्रा र संर्घष नै मुख्य उद्देश्य हो।’ उनका अनुसार आमजनताले सकारात्मक परिर्वतन गर्न पाएको छैन।

राष्ट्रिय विखण्डको कुरा उठ्नुका साथै नयाँ दंगबाट देशमा माओवादी विद्रोहको पुनरागमन, अर्थतन्त्र धरायसी, कर्मचारी, सुरक्षा अंग र न्यायपालिका पार्टी करणको चपेटामा परेकाले यसलाई सच्याउनु पार्टी नयाँ ढंगबाट लागि परेको हो। राप्रपाले सरकार समक्ष २२ बुँदे माग बुझाइसकेको छ। सरकारले राप्रपाको माग सम्बोधन नगरे चैतको पहिलो सातादेखि देशव्यापी शान्तिपूर्ण जनसंर्घषमा उत्रिने अध्यक्ष थापाले चेतावनी दिए।

‘पहिलो चरणमा देशभरका ७५३ वटै स्थानीय तह, जिल्लाको सदरमुकाम, प्रदेश राजधानी हुँदै देशको राजधानी काठमाडौंमा जनसंर्घष गर्न छौं’, उनले भने। यता राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको सम्पूर्ण तयारी पूरा भइसकेको बताए।  ३६ वटा जिल्लामा २०० बढी सभा हुने यस अभियानमा २८१० किलोमिटर यात्रा हुने उनले बताए। फागुन १६ गते अभियान बिर्तामोड आइ पुगेपछि झापामा राप्रपाले शक्ति प्रदर्शन गर्ने कार्यक्रम रहेको उनको भनाई छ।

Views: 230

प्रतिक्रिया (०)