काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा परि निधन भएका संस्कृति पयर्टन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीका बुबा इन्द्रप्रसाद अधिकारीसहित परिवारलाई भेटेर गहिरो समवेदना व्यक्त गरेका छन्।

बुधबार राति मन्त्री निवास पुल्चोक पुगेका प्रधानमन्त्री ओलीले अकल्पनीय दुःखद् घडीमा सम्हालिन आग्रह गरे थिए। ‘अकल्पनीय दुर्घटनाको खबर थाह पाउने बितिक्कै असैह्य पीडाले सम्हालिन मलाई धेरै गाहे भएको थियो’, वृद्ध पिता इन्द्रप्रसादसहित परिवारलाई प्रधानमन्त्रीले व्यक्त गरेको समवेदना उद्धृत गर्दै प्रेस संयोजक चेतन अधिकारीले भनेका छन्। ‘म बिस्तारै सम्हालिदैंछु, तपाईंहरु पनि सम्हालिनुस्, तपाईंहरुको साथमा देश, सरकार छ थाहाखबरबाट
Views: 140

