Aamsanchar

प्रधानमन्त्रीको राष्ट्रवाद अहिले आएर हावा खायो : कमल थापा

Author Image
बिहिवार, फागुन १६, २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र तथा राजसंस्थाले मात्र विश्वमा नेपालको पहिचान हुने बताएका छन्।

मेची महाकाली स्वाभिमान यात्रा अभियानका क्रममा बिहिबार झापाको विर्तामोडमा आयोजित सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष थापाले परिवर्तनका नाममा नेपालका ती पहिचानलाई समाप्त पारिएको बताए। उनले भने, ‘यो अभियान तीनै नेपालका पहिचानलाई स्थापित गराउनका लागि हो।’

राप्रपाको अभियान कुनै पार्टी विरुद्ध नभएको उनले बताए। अहिलेको सरकारले जनताको चाहना अनुरुप काम गर्न नसकेको बताउँदै थापाले भने, ‘सरकारले सामान्य रोजगारीको अवस्था पनि सिर्जना गर्न सकेन।’

प्रधानमन्त्रीको राष्ट्रवादले अहिले आएर हावा खाएको उनको भनाइ थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले २०४६ सालपछिका राजनीतिक दलका नेताका सम्पत्ति छानविन हुनुपर्ने माग राखे। जातको आधारमा आरक्षणको विरोध गर्दै उनले गरिबीको रेखामुनीका सबै जनताले आरक्षण पाउनुपर्ने लिङदेनले बताए।

उनले भने, ‘अहिलेको आरक्षणले गरिब जनताको हित हुँदैन।’ लिङदेनले देश भूगोलले मात्र नबन्ने भन्दै हिन्दु राष्ट्र र राजतन्त्रले नेपालको पहिचान दिने बताए।

राप्रपा महामंन्त्री राजेन्द्र लिङदेन

फोटो : विनोद पाण्डे कमल÷आमसंचार

 

Views: 305

प्रतिक्रिया (०)