Aamsanchar

मन्त्री अधिकारीसहित सातै जनालाई राष्ट्रपतिदेखि सर्वसाधारणसम्मको श्रद्धाञ्जली

Author Image
शुक्रवार, फागुन १७, २०७५

काठमाडौं

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी दिवंगत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई सामूहिक श्रद्धाञ्जली अर्पण गरिँदैछ।

  राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, नेकपाका अध्यक्ष पुष्पकमल दाहालदेखि मन्त्रीहरूले टुँडिखेल पुगी श्रद्धाञ्जली दिएका हुन्। श्रद्धाञ्जलीका क्रममा प्रधानमन्त्री ओलीले सातैजनाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट  गरेका थिए।

नेता, विभिन्न पेशाकर्मीलगायतले श्रद्धाञ्जली दिने क्रम जारी छ। हेलिकोप्टर दुर्घटनामा परी मन्त्री अधिकारी, यति एअरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो।

Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर